Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

लामिटार कपको उपाधि भिडन्त मंगलबार 

43951984_298962544023743_-1539524280.jpg

खेलको म्यान अफ द म्याचको ट्रफी प्रदान गरिदै


 २८ असोज, हेटौँडा । मकवानपुरको मनहरी गाउपालिका ३ हाडीखोलामा सन्चालन भइरहेको प्रथम लामिटार कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक लामिटार यूथ क्लव र सयपत्री युवा क्लव सुनाचुरी भिड्ने भएका छन  ।

आइतबार भएको दोस्रो सेमिफाइनल भिडन्तमा शक्ति युवा क्लव मनहरीलाई  ३ का विरुद्ध १ गोल अन्तरले पराजित  गर्दै सुनाचुरी फाइनलमा प्रवेश गरेको  हो  । शनिबार भएको खेलबाट आयोजक लामिटार यूथ क्लवको टिम मसिनेको जनजागरण क्लवलाई हराउदै फाइनल प्रवेश गरिसकेको छ । फाइनलमा प्रवेश गरेसंगै सुनाचुरीले  आयोजक लामिटार यूथ क्लव संग सामना  गर्ने छ । 
शक्ति युवा क्लवले सुरुवाति अग्रता जोगाउन नसक्दा हार ब्यहोर्न बाध्य भयो ।
खेलको १२ औं मिनेटमा गोल गर्दै शक्तिका दीपक मोक्तानले टिमलाई अग्रता दिलाएका थिए भने त्यसको ६ मिनेट मै १८ सुनाचुरीका बिबेकश्रेष्ठले सेन्टरबाट प्रहार गरेको फ्रीकिक गोलमा परिणत भएपछि खेल बराबरीमा र्फकेको थियो। दोस्रो हाफको १३ औं मिनेटमा सुनाचुरीका क्याप्टेन सितल बिकले गोल गर्दै अग्रता दिलाए । क्याप्टेन बिकले नै दोस्रो हाफकै  १८ औं मिनेटमा हेडमार्फत गोल गर्दै ३ का विरुद्ध १ को अग्रता दिलाए  । खेलको म्यान अफ द म्याच सुनाचुरीका क्याप्टेन सितल बिक नै घोषित भए ।

 म्यान अफ द म्याचको  घोषित भएपछि  खेलकुद समन्वय समिति हेटौंडा १९ का अध्यक्ष राजु घलेले नै म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका छन  ।  प्रथम लामिटार कप फुटबलको फाइनल खेल  मङ्गलबार फुलपातिको दिन दिउँसो २ बजे हुने आयोजकले जानकारी दिएको छ ।
 प्रतियोगितामा मनहरी गाउँपालिकाको २१ वटा क्लवको सहभागिता रहेको छ  ।  प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपबिजेताले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार