Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

लामिटार कपको उपाधि भिडन्त मंगलबार 

43951984_298962544023743_-1539524280.jpg

खेलको म्यान अफ द म्याचको ट्रफी प्रदान गरिदै


 २८ असोज, हेटौँडा । मकवानपुरको मनहरी गाउपालिका ३ हाडीखोलामा सन्चालन भइरहेको प्रथम लामिटार कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक लामिटार यूथ क्लव र सयपत्री युवा क्लव सुनाचुरी भिड्ने भएका छन  ।

आइतबार भएको दोस्रो सेमिफाइनल भिडन्तमा शक्ति युवा क्लव मनहरीलाई  ३ का विरुद्ध १ गोल अन्तरले पराजित  गर्दै सुनाचुरी फाइनलमा प्रवेश गरेको  हो  । शनिबार भएको खेलबाट आयोजक लामिटार यूथ क्लवको टिम मसिनेको जनजागरण क्लवलाई हराउदै फाइनल प्रवेश गरिसकेको छ । फाइनलमा प्रवेश गरेसंगै सुनाचुरीले  आयोजक लामिटार यूथ क्लव संग सामना  गर्ने छ । 
शक्ति युवा क्लवले सुरुवाति अग्रता जोगाउन नसक्दा हार ब्यहोर्न बाध्य भयो ।
खेलको १२ औं मिनेटमा गोल गर्दै शक्तिका दीपक मोक्तानले टिमलाई अग्रता दिलाएका थिए भने त्यसको ६ मिनेट मै १८ सुनाचुरीका बिबेकश्रेष्ठले सेन्टरबाट प्रहार गरेको फ्रीकिक गोलमा परिणत भएपछि खेल बराबरीमा र्फकेको थियो। दोस्रो हाफको १३ औं मिनेटमा सुनाचुरीका क्याप्टेन सितल बिकले गोल गर्दै अग्रता दिलाए । क्याप्टेन बिकले नै दोस्रो हाफकै  १८ औं मिनेटमा हेडमार्फत गोल गर्दै ३ का विरुद्ध १ को अग्रता दिलाए  । खेलको म्यान अफ द म्याच सुनाचुरीका क्याप्टेन सितल बिक नै घोषित भए ।

 म्यान अफ द म्याचको  घोषित भएपछि  खेलकुद समन्वय समिति हेटौंडा १९ का अध्यक्ष राजु घलेले नै म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका छन  ।  प्रथम लामिटार कप फुटबलको फाइनल खेल  मङ्गलबार फुलपातिको दिन दिउँसो २ बजे हुने आयोजकले जानकारी दिएको छ ।
 प्रतियोगितामा मनहरी गाउँपालिकाको २१ वटा क्लवको सहभागिता रहेको छ  ।  प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपबिजेताले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार