३० असोज, हेटौँडा । यूईएफए नेसन्स लिगअन्तर्गत सोमबार भएको खेलमा इंग्ल्यान्डले स्पेनलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।
पहिलो हाफमा सनसनीपूर्ण प्रदर्शन गरेको इंग्ल्यान्डले ३–० को अग्रता लिएको थियो । रहिम स्टरलिङले ३ वर्षपछि राष्ट्रिय टोलीका लागि गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । उनले १६ औं मिनेटमा गोल गर्दै २७ खेलसम्म चलेको गोलको खडेरी अन्त्य गरे ।
२९ औं मिनेटमा मार्कस रासफोर्डले अग्रता दोब्बर पारे । त्यसको ९ मिनेटपछि स्टरलिङले पुन गोल गर्दै ३(० ले अगाडी बढाए । पछिल्ला दुवै गोलमा कप्तान ह्यारी केनले असिस्ट दिएका थिए ।
पहिलो हाफमा इंग्ल्यान्डको पूर्ण दबाबमा पारेको स्पेनले दोस्रो हाफमा भने खेलमा फर्कियो । खेलले एक घण्टा समय छुन लाग्दा पाको अल्कासेरले गोल गर्दै गोलअन्तर घटाए । त्यसपछि स्पेनको एक प्रहार पोस्टमा लागेर फर्कियो । इन्ज्युरी समयको अन्तिम मिनेटमा सर्जियो रामोसले एक गोल फर्काए ।
इंग्ल्यान्डले सन् १९८७ पछि स्पेनको मैदानमा खेल जितेको हो । त्यसबेला इंग्लिस टोली ४–२ ले विजयी रहेको थियो ।
यता स्पेनले भने सन् २००३ यता घरेलु मैदानमा पहिलोपटक पराजय बेहोरेको हो । यसबिचमा स्पेन ३८ खेलमा अपराजित रहयो । स्पेनले घरेलु मैदानमा तीन वा बढी गोल खाएको पनि यो नै पहिलो अवसर हो ।
इंग्ल्यान्डले अब अर्को महिना हुने मैत्रीपूर्ण खेलमा संयुक्त राज्य अमेरिकाको सामना गर्नेछ । खेल वेम्बली रंगशालामा १५ नोभेम्बरमा हुनेछ ।
स्पेनले पनि सोहि दिन बोस्नियालाई अतिथ्यता गर्नेछ ।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













