Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

महत्वपूर्ण जानकारी

दशैंमा मासुजन्य रोगबाट कसरी बच्ने

मासु एक पौष्टिक आहार हो जसमा १५ देखि २० प्रतिशत प्रोटिन पाइन्छ । यसमा जिङ्क, भिटामिन बी, पोटासियम जस्ता तत्वहरु पनि प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वहरु हाम्रो शरीरलाई अत्यावश्यक तत्वहरु हुन् । तर, यसका बाबजुद मासुले धेरै किसिमका रोगहरु पनि निम्त्याउँछ । हार्वाड विश्वविद्यालयमा भएको एक अध्ययनअनुसार दैनिक रातो मासुको सेवनले मुटु रोग र क्यान्सरको सम्भावना बढाउँछ । यसका साथसाथै धेरै मासु खानाले हड्डी कमजोर हुने, आथ्र्राइटिस ९जोर्नीसम्बन्धी रोग० हुने, कोलेस्ट्रोल बढ्ने तथा स्तन क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ ।
नेपालमा भने मासुबाट जुका पर्ने र ब्याक्टेरिया सङ्क्रमण हुने बढी पाइएको छ । कहिलेकाहीँ बर्ड फ्लु जस्ता भाइरल रोगहरु पनि आउँछ । दशैंलगत्तै फुड पोइजनिङ ९खानाको कारण हुने विषाक्तता० भई अस्पताल धाउनेहरुको संख्या नेपालमा धेरै छ ।
मासुबाट  रोग कसरी सर्छ त ?
– अस्वस्थ तथा विरामी पशुपंक्षीको मासु खाएमा
– मासु काट्ने तथा तयार गर्ने ठाउँ फोहोर भएमा र राम्ररी फ्रिजमा भण्डारण नगरेमा
– मासु काट्ने र तयार गर्ने व्यक्ति तथा हतियार स्वस्थ र सफा नभएमा
– बासी तथा सडेगलेको मासु खाएमा
– काँचो, पोलेको तथा नपाकेको मासु खाएमा
 स्वस्थ मासु कसरी चिन्ने र ?
– मासु किन्ने पसल सफा गरेर राखेको छ कि छैन हेर्ने
– मासु काट्दा र समाउँदा मासु तन्केको जस्तो हुन नहुने
– मासु फ्रिजमा भण्डारण गरेको हुनुपर्ने
– मासु हल्का गुलावी तथा हरियो प्याजी रङ्गको हुन नहुने
– असाधारण गन्ध नआएको हुनुपर्ने कस्तो मासु खाने, कस्तो नखाने रु
– राम्ररी पखालेको र राम्ररी पाकेको
– काँचो मासु (कचिला) र पोलेको मासु (छोयला) को प्रयोग सकेसम्म नगर्ने
– खुला राखेको र बासी मासु नखाने
– फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु पनि सकेसम्म नखाने
मासु कसरी भण्डारण गर्ने ?
– ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ ।
– फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने र कहिले पनि माथिल्लो भागमा नराख्ने । माथिल्लो भागमा राख्दा मासुमा भएका किटाणुहरु मासुमै हुने तरल पदार्थमार्फत् तल झर्नसक्ने हुँदा तल राखिएका अन्य खाना, सागसब्जी, फलफूल तथा तरकारीहरुमा पर्नसक्ने खतरा हुन्छ ।
– मासुलाई अन्य पाकेका खानासँगै फ्रिजमा नराख्ने
दशैँमा ध्यान दिनुपर्ने कुराहरु
– दिनहुँ मासु प्रयोग नगर्ने
– हरियो सागपात, फलफूल र अन्य तरकारीहरु पनि बारम्बार खाइरहने
– माथि उल्लेख भएअनुसार स्वस्थ मासु पकाएर खाने र सकेसम्म मासुको प्रयोग कम गर्ने
– विश्वसनीय पसलबाट मात्र मासु किन्ने र आफूले तयार गर्दा सरसफाइमा ध्यान दिने
यी साधारण कुरा हुन् जसको ध्यान हामीले राख्यौँ भने रोगबाट सजिलै बच्न सकिन्छ र हाम्रो दशैं स्वस्थ र खुसीले बित्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार