२६ कार्तिक, हेटौँडा । चोटका कारण तीन साता मैदानबाहिर रहेका कप्तान लिओनेल मेसीले पुनरागमन गरेको खेलमा बार्सिलोना रियल बेटिससँग पराजित भएको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल बेटिसले बार्सिलो.नालाई ४–३ को गोल अन्तरले हराएको छ ।
बार्सिलोनाको घरेलुमैदानमा भएको खेलमा बेटिसका लागि जुनियर फिर्पोले २० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको १४ मिनेटपछि जोआकिनले बेटिसको अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० ले पछाडी परेको बार्सिलोनाले केहि अवसर सिर्जना गरेपनि गोल अन्तर कम गर्न भने सकेन ।
६८ औं मिनेटमा लिओनेल मेसीले पेनाल्टीमा गोल गर्दै गोलअन्तर घटाए । तर त्यसको तीन मिनेटमा नै बेटिसले पुनः गोल गर्दै २ गोलको अग्रता बनायो । बेटिसका लागी जिओभानी लो सेल्सोले गोल गर्दै बेटिसलाई ३–१ को अन्तरमा ल्याए ।
यस्तै वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका बार्सिलोनाका भिडालले ७९ औं मिनेटमा गोल गर्दै पुनरागमनको आशा जगाए । तर इभान राकीटिच ८ मिनेट समय बाँकी रहँदा दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्न बाध्य भएपछि बार्सिलोना खेलमा फर्कने सम्भावना कम भयो ।
८३ औं मिनेटमा सर्जियो कानालेसले बेटिसका लागी गोल गरेपछि बार्सिलोना २ गोलले पछाडी प¥यो । इन्ज्युरी समयमा लिओनेल मेसीले पुनः गोल फर्काउँदै थोरै आशा जगाएपनि अंक खोस्न भने सकेनन् ।
यस हारसँगै लिग तालिकाको शीर्ष स्थानमा बार्सिलोनाको अग्रता १ अंकमा झरेको छ । बार्सिलोनाको १२ खेलमा २४ अंक छ भने एटलेटिको म्याड्रिड र अलाभेसको २३ अंक छ । ११ खेल खेलेको एस्पान्योलको २१ अंक छ र जित दर्ता गरेमा बार्सिलोनासँग अंक बराबरी गर्ने अवसर छ ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















