Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मेसी फर्केको खेलमा बार्सिलोना पराजित

Betis-Messi-Barcelona-102-1541985451.jpg

२६ कार्तिक, हेटौँडा । चोटका कारण तीन साता मैदानबाहिर रहेका कप्तान लिओनेल मेसीले पुनरागमन गरेको खेलमा बार्सिलोना रियल बेटिससँग पराजित भएको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल बेटिसले बार्सिलो.नालाई ४–३ को गोल अन्तरले हराएको छ ।
बार्सिलोनाको घरेलुमैदानमा भएको खेलमा बेटिसका लागि जुनियर फिर्पोले २० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको १४ मिनेटपछि जोआकिनले बेटिसको अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० ले पछाडी परेको बार्सिलोनाले केहि अवसर सिर्जना गरेपनि गोल अन्तर कम गर्न भने सकेन । 
६८ औं मिनेटमा लिओनेल मेसीले पेनाल्टीमा गोल गर्दै गोलअन्तर घटाए । तर त्यसको तीन मिनेटमा नै बेटिसले पुनः गोल गर्दै २ गोलको अग्रता बनायो । बेटिसका लागी जिओभानी लो सेल्सोले गोल गर्दै बेटिसलाई ३–१ को अन्तरमा ल्याए ।
यस्तै वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका बार्सिलोनाका भिडालले ७९ औं मिनेटमा गोल गर्दै पुनरागमनको आशा जगाए । तर इभान राकीटिच ८ मिनेट समय बाँकी रहँदा दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्न बाध्य भएपछि बार्सिलोना खेलमा फर्कने सम्भावना कम भयो । 
८३ औं मिनेटमा सर्जियो कानालेसले बेटिसका लागी गोल गरेपछि बार्सिलोना २ गोलले पछाडी प¥यो । इन्ज्युरी समयमा लिओनेल मेसीले पुनः गोल फर्काउँदै थोरै आशा जगाएपनि अंक खोस्न भने सकेनन् । 
यस हारसँगै लिग तालिकाको शीर्ष स्थानमा बार्सिलोनाको अग्रता १ अंकमा झरेको छ । बार्सिलोनाको १२ खेलमा २४ अंक छ भने एटलेटिको म्याड्रिड र अलाभेसको २३ अंक छ । ११ खेल खेलेको एस्पान्योलको २१ अंक छ र जित दर्ता गरेमा बार्सिलोनासँग अंक बराबरी गर्ने अवसर छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार