४ मंसिर, हेटौडा । मकवानपुरगढी–३,मक्रान्चुलीमा निर्माण भएको मिनिपिच (फुटसल)को बारेमा मंगलबार सर्वपक्षीय भेला भएको छ ।
भेलामा मिनिपिच संचालन सम्वन्धमा सरोकारवालाहरुले धारणा राखेका थिए । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले मिनिपिच संचालनले मकवानपुरगढीको पहिचान बढाउन मद्धत गरेकाले यसको सफल संचालनमा गढीबासीहरुको भूमिका महत्वपूर्ण हुने बताए । निर्माण कम्पनीले कति लागतमा मिनिपिच बनाएको भन्ने कुरा सरोकारवालाहरुले जानकारी लिनु पर्ने बताउँदै अध्यक्ष हुमागाईले फूटसलको विकासको लागि गाउँपालिकाले सहयोग गर्ने बताए ।
भानु माविका अध्यक्ष खिलप्रसाद चौलागाईले फूटसलको विषयमा सहि समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरे । फुटसल संचालन गरी यस क्षेत्रमा युवा खेलाडि उत्पादन आफुहरुको लक्ष्य रहेको भन्दै उहाँले मकवानपुरका सरोकारवालाहरुसंगको सहकार्यमा अघि बढ्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा मकवानपुरगढी–४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना, विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापा, पूर्वप्रधानाध्यापक कृष्ण पोखरेल, पूर्व अध्यक्ष तेजप्रसाद लम्साल, नेकपा जिल्ला सदस्य भीम पाख्रिन, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, ज्वालादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक शिवप्रसाद लामिछाने, गढी स्टार स्पोटर्स क्लवका अध्यक्ष राजु दुलाल, समाजसेवी विष्णुप्रसाद लामिछाने लगायतले मिनिपिच (फुटसल) गढीबासीहरुको सम्पति भएकाले सबैले मिलेर सफल संचालन गर्नु पर्नेमा जोड दिएका थिए ।
फूटसललाई व्यवस्थित ढंगबाट संचालनका लागि कार्यविधि तयार गर्न भानु माविका अध्यक्ष खिलप्रसाद चौलागाईको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरिएको छ ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















