१५ मंसिर, हेटौँडा । ४३ औं मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेसको भातृ संगठन लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले संस्थापक नेता वीपी कोइरालाको स्मृतिमा वीपी कप फुटबल प्रतियोगिता गर्ने भएको छ ।
पुष ११ देखि १६ गतेसम्म हेटौंडाको हुप्रचौरमा प्रथम वीपी कप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको खेलकुद संघले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगितामा सहभागी हुने खेलाडी कांग्रेसको सदस्य हुनुपर्ने अनिवार्यता गरिएको छ ।
प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडा, ८ गाउँपालिका र थाहा नगरपालिकाको एक टिमको सहभागिता रहनेछ । कांग्रेससंग आस्था राख्ने खेलाडीहरुलाई सक्रिय बनाउने र भ्रातृत्वको सम्बन्ध स्थापित गराउने उद्देश्यले फुटबल आयोजना गर्न लागेको अध्यक्ष सविन भट्टाचार्यले जानकारी दिए ।
हेटौंडा नगर बाहेकका टिम सदस्यहरुलाई खान र बस्नको व्यवस्था आयोजकले नै गर्ने जनाइएको छ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार सहित ५० तोलाको चाँदिको शिल्ड प्रदान गरिने छ । शिल्ड भने रनिङ शिल्डको रुपमा रहने छ । यस्तै उपविजेता टिमले २५ हजार रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने विधागत उत्कृष्ट खेलाडी एवम् कोचलाई जनही दुईहजार पाँचसय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिने अध्यक्ष भट्टाचार्यले बताए ।
प्रतियोगिताको लागि करिब १४ लाख रुपैंया खर्च लाग्ने र सहयोगीबाट उक्त रकम संकलन गरिने आयोजक लोकतान्त्रिक खेलकुद संघका उपाध्यक्ष युवराज लामाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा कांग्रेस जिल्ला सदस्य एवम् खेलकुद विभाग संयोजक सुनिल दाहाल, टे«ड युनियन कांग्रेस मकवानपुर उपाध्यक्ष सर्मिला श्रेष्ठ, तरुण दल मकवानपुर सचिव सचित थापा, लोकतान्त्रिक खेलकुद संघ सचिव प्रदिप कंडेललगायतको आतिथ्यता थियो ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















