१५ मंसिर, हेटौँडा । मिडफिल्डर अन्जन विष्टले र विदेशी खेलाडी ओलावले आफिजले १–१ गोल गरेपछि सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले सरस्वती युवा क्लबलाई २–० ले पराजित गरेको छ ।
यो जितसँगै मनाङले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ । गोलरहित पहिलो हाफपछि मनाङले अन्जनको गोलमा अग्रता लिएको थियो । अन्जनले ५५ औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । विमल रानामगरले बलमा नियन्त्रण गुमाएपछि छुटेको बलमा अन्जनले भली प्रहार गरेका थिए ।
यस्तै ओलावाले आफिजले ७८ औं मिनेटमा मनाङको अग्रता दोब्बर पारे । विमल राना मगरको लामो पासलाई पहिलो टचमा नियन्त्रण गर्दै आफिजले दोस्रो टचमा उत्कृष्ट फिनिस गरेका हुन ।
यस जितसँगै मनाङले शीर्ष स्थानमा ३ अंकको अग्रता कायम गरेको छ । शत प्रतिशत जित दर्ता गरेको मनाङको ५ खेलमा १५ अंक छ । मनाङलाई रुस्लान थ्री स्टार र संकटाले १२ अंक जोड्दै पछ्याइरहेका छन् । सरस्वतीले भने ५ खेलमा ६ अंक हासिल गरेको छ ।
यस अघि शनिवार नै भएको पहिलो खेलमा संकटा क्लबले च्यासल युथ क्लबमाथी २–१ को जित निकालेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा भएको खेलमा संकटाको जितका पेनाल्टी मार्फत अमित तामाङ र विदेशी खेलाडी एलोन म्याक्सवेलले गोल गरे ।
यस्तै च्यासलको तर्फबाट एक मात्र गोल सन्तोष साहुखलले गरे । जितसँगै संकटा लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
संकटाले पाँच खेलमा १२ अंक जोड्न सफल भएको छ । च्यासल भने पाँच खेलमा तीन हार, एक जित र एक बराबरीसहित ४ अंकमै सीमित छ ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















