१६ मंसिर, हेटौँडा । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएका तीन खेलमा फ्रेन्ड, जावलाखेल र आर्मी विजयी भएका छन् ।
आइतबारको खेलमा जित निकाल्दै फ्रेन्डस र जावलाखेलले प्रतियोगितामा पहिलो जित आत्मासात गरेका छन् । आइतबारको खेलमा मच्छिन्द्र क्लबलाई ३–० ले पराजित गर्दै फ्रेन्ड्सले पहिलो जित निकालेको हो ।
एन्फा कम्प्लेक्समा सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्सलाई जित दिलाउन फोफाना ब्राहिमान, संजोक महर्जन र अनिल महर्जनले एक–एक गोल गरे । जितसँगै फ्रेन्ड्सले ४ अंक जोडेको छ । चार खेलपछि फ्रेन्ड्सले पहिलो जित निकालेको हो । यसअघि फ्रेन्ड्सले ४ खेलमा ३ हार र एक बराबरी खेलेको थियो ।
लिगमा मच्छिन्द्रको यो तेस्रो हार हो । मच्छिन्द्रले पाँच खेलमा २ अंकमात्र जोडेको छ । मच्छिन्द्रले अघिल्ला ४ खेलमा २ हार र २ मा बराबरीको नतिजा निकालेको थियो ।
यस्तौ आइतबारकै अर्को खेलमा ब्रिगेड ब्वाइजलाई १–०ले हराउँदै जावलाखेलले पनि पहिलो जित निकालेको छ । ब्रिगेड ब्वाइज विरुद्धको खेलमा निर्धारित समयको २ मिनेट बाँकी हुँदा अरुज सिंहले पेनाल्टीमा गोल गरेपछि जावलाखेल विजयी भएको हो ।
यो जावलाखेलले ५ खेलमा १ जित, १ बराबर र ३ हारसँगै ४ अंक जोडेको छ । ब्रिगेड ब्वाइज भने ५ खेलमा १ जित र ४ हारसँगै ३ अंक जोड्दै १३ औं स्थानमा छ ।
यसैगरी आइतबारको तेश्रो खेलमा कप्तान भरत खवासले उत्कृष्ट प्रदर्शनसँगै दुई गोल गरेपछि त्रिभुवन आर्मी क्लब हिमालयन शेर्पा क्लब विरुद्ध २–१ ले विजयी भएको छ । यो जितसँगै आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने आफनो अपराजित यात्रालार्य कायमै राखेको छ ।
आर्मीको ५ खेलमा ४ जित र १ बराबरीसँगै १३ अंक भएको छ । शेर्पा भने लिगमा पहिलो हार बेहोरेपछि ५ खेलमा १० अंकमा सिमित भएको छ ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















