Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सहिद स्मारक ’ए’ डिभिजन लिगः हिमालयनलाई हराउँदै संकटा दोश्रो स्थानमा उक्लियो

A-division_BWmphyP5mE-154-1544706210.jpg

२७ मंसिर, हेटौँडा । काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत विहिकार ३ खेल सम्पन्न भएका छन् । विहिबारको खेलमा संकटा क्लब, सरस्वती युथ क्लब र जावलाखेल विजयी भए । 
विहिबार संकटा र हिमालयन शेर्पा क्लब विच भएको खेलमा संकटा विजयी भएको छ । यो जितसँगै संकटा लिगको दोश्रो स्थानमा उक्लिएको छ । संकटाले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले हराएको हो  । 
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा संकटालाई जित दिलाउन विदेशी खेलाडी सेड्रिक अबा र दिपेश आले मगरले एक एक गोल गरे ।
जितसंगै संकटाले ८ खेलबाट २१ अंक जोडेको छ । सातौं जित निकालेसंगै संकटाले शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसंग अंक बराबरी गरेको छ । हिमालयन शेर्पा ८ खेलबाट ११ अंक जोडेर छैटौं स्थानमा छ । 
यस्तै विहिबारनै भएको भएको अर्को खेलमा सरस्वती युथ क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा तेस्रो जित दर्ता गरेको छ । बिहिबार भएको खेलमा सरस्वतीले  न्युरोड टिम एनआरटीलाई १ – ० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खलमा सरस्वतीलाई जित दिलाउन भिक्टोर एमओबीले पेनाल्टीमा निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भिक्टोरले ७३ औं मिनेटमा गोल गर्दै सरस्वतीलाई ३ अंक दिलाएका हुन् ।
जितसंगै सरस्वतीले ८ खेलबाट ९ अंक जोडेको छ । सरस्वती लिगको नवौं स्थानमा छ भने ८ खेलमा १ अंक जोडेको एनआरटी लिगको पुछारमा छ । 
यसैगरी हल्चोकस्थित एपीएफ मैदानमा बिहिबार नै भएको खेलमा भने जावलाखेलले एपीएफलाई १ – ० गोल अन्तरले पराजित गरेको छ । हल्चोकस्थित एपीएफ मैदानमा जावलाखेललाई जित दिलाउन विदेशी खेलाडी ओलालेकन आफिज लावलले निर्णायक गोल गरे । 
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा लावलले फ्रिकिकबाट गोल गर्दै जावलाखेललाई जित दिलाएका हुन्  । 
जितसंगै जावलाखेलले ८ खेलबाट ७ अंक जोडेको छ ।  जावलाखेल लिगको दशौ स्थानमा उक्लिएको छ ।  एपीएफ ८ खेलबाट १० अंक जोडेर आठौं स्थानमा छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार