१० पुस, हेटौंडा । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन मकवानपुरमा चार जना सञ्चारकर्मीले औपचारिक रुपमा प्रवेश गरेका छन् । मंगलबार भीमफेदी गाउँपालिकाकाको सानुटारमा भएको वनभोज कार्यक्रमका अवसरमा शक्ति एफएमका स्टेशन म्यानेजर तथा तु–खबर डटकमका समाचार प्रमुख बलराम पुडासैनी, तुखबर डटकम तथा शक्ति एफएममा आबद्ध सन्देश थिङ, हेटौंडा सन्देशमा आवद्ध भुवन घलान र टिम टेलिभिजनमा आवद्ध सविना तिल्सिनाले प्रेस युनियनमा औपचारिक रुपमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस ३ नम्बर प्रदेशको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेशसभा सदस्य रिना गुरुङ, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, निवर्तमान अध्यक्ष रुपेश दुलाल, पार्टी जिल्ला कोषाध्यक्ष गोपीलाल विक, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीलगायले नवप्रवेशीलाई स्वागत गरेका थिए ।
वनभोज कार्यक्रमकै अवसरमा युनियनले चार वटा विभागको संयोजक समेत तोकेको छ । युनियनको प्रशिक्षण विभागमा उपाध्यक्ष मणिराज गौतमलाई संयोजक तोकिएको छ । त्यसैगरी कार्यक्रम विभागमा श्रीराम दाहाल, संगठन विभागमा बलराम पुडासैनी र आर्थिक विभागको संयोजकमा कोषाध्यक्ष विजय पौडेललाई चयन गरिएको छ । कार्यसमिति बैठकले बलराम पुडासैनी र श्रीराम दाहाललाई कार्यसमिति सदस्यमा मनोनितसमेत गरिएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कांग्रेस प्रदेश नम्बर ३ संसदीय दलका नेता तथा मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले लोकतन्त्रलाई दरिलो बनाइ राख्न पत्रकार जगतको महत्वपूर्ण भूमिका हुने भएकाले सदैव आफ्नो पेशाप्रति इमान्दार रहिरहन सबैलाई आग्रह गरे । वर्तमान सरकारले जनताको हितमा काम नगरेको भन्दै यसबारे समेत खबरदारी गर्न पत्रकारहरुलाई आग्रह थियो ।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













