१२ पुष, हेटौँडा । मनाङ–मर्स्याङ्दी क्लबले दुई खेलअगावै राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।
११ औँ चरण अन्तर्गत बिहीबार एन्फा मैदान सातदोबाटोमा भएको अर्को दावेदार टिम संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मनाङले उपाधि पक्का गरेको हो । यो सँगै मनाङ आठौंपटक लिग च्याम्पियन बन्न सफल भएको छ ।
मनाङले खेलेका सबै ११ खेल जित्दै ३३ अंकका साथ लिग जितेको हो । दोस्रो स्थानको संकटाको ११ खेलबाट २५ अङक छ । अब बाँकी रहेका दुवै खेल हारेपनि मनाङ च्याम्पियन बन्नेछ ।
विहीबारको खेलमा मनाङलाई जित दिलाउन विशाल राई, पुजन उपरकोटी र एडिलाजा सोमिडेले १/१ गोल गरे भने संकटाका लागी एक मात्र गोल सेड्रिक अबाले गरे ।
मनाङले यसअघि २०४२/२०४३, २०४३/२०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० गरी सातपटक उपाधि जितिसकेको छ ।
जारी लिगमा मनाङले पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबविरुद्ध ३–१, दोस्रोमा एनआरटीविरुद्ध २–०, तेस्रोमा थ्रीस्टारविरुद्ध २–१, चौथोमा एपीएफविरुद्ध २–१, पाँचौंमा सरस्वती युथविरुद्ध २–०, छैटौंमा जावलाखेल युथविरुद्ध १–०, सातौंमा मच्छिन्द्रविरुद्ध १–०, आठौंमा त्रिभुवन आर्मीविरुद्ध १–०, नवौंमा च्यासल युथविरुद्ध ३–१, दशौं चरणमा नेपाल पुलिसविरुद्ध १–० र एघारौं चरणमा संकटाविरुद्ध ३–१ को जित निकाल्दै उपाधिमाथि कब्जा जमाएको हो ।
मनाङले अब १२औं चरणमा हिमालयन शेर्पा तथा अन्तिम चरणमा फ्रेन्ड्स क्लबविरुद्ध खेल्नेछ ।
लिगको उपाधिसँगै मनाङले रु ५० लाख रुपैँया पुरस्कार पक्का गरेको छ ।
मनाङले उपाधि जितेसँगै जारी लिगमा उसका लागि फरवार्ड ओलावाले आफिजले ६ तथा अन्जन विष्टले ५ गोल गरेका छन् । मनाङले ११ खेलमा ५ गोल खाँदा २१ गोल गरेको छ ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















