Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

खेलकुद

एट ए साईड फुटबलको उपाधी प्रगतिशीललाई

1-final-1477744759.jpg

१३ कार्तिक, हेटौंडा । हेटौंडा-६ चौघडामा भएको एट ए साईड फुटबल प्रतियोगिताको उपाधी चुच्चेखोलाको प्रगतिशील युवा क्लवले कव्जा गरेको छ । गतबर्षको हारको बदला लिंदै प्रगतिशीलले शनिवार उपाधी कब्जा गरेको हो ।

बंशगोपाल उच्च माविको मैदानमा भएको अन्तिम प्रतिष्पर्धामा चिर परिचित प्रतिष्पर्धी पुतलीबजारको बंशगोपाल युवा क्लबलाई पेनाल्टीमा २-१ गोल अन्तरले पराजित गर्दै प्रगतिशीलले उपाधी उचालेको छ । निर्धारित समयमा दुबै टिमबाट १/१ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा दुबै टिम गोलरहित बराबरीमा रोकिएपछि पेनाल्टीबाट निर्णय लिनुपरेको थियो ।

पेनाल्टीमा पुतलीबजारका निशान घिमिरेले एक गोल गरेका थिए भने प्रगतिशीलका तर्फबाट विवेश माझी र सुजन अाचार्यले गोल गरेका थिए । भिएफटी चौघडाको अायोजनामा भएको प्रतियोगितामा विजेताले २० हजार र उपविजेताले १० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।कार्यक्रममा एन्फा अन्डर १४ मा प्रशिक्षणरत खेलाडी रोशन दोङलाई नगदसहित सम्मान गरिएको थियो ।

विजेता, उपविजेता र सहभागी टिमलाई जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष बालकृष्ण चौलागाईं, बसामाडि जेसीजका अध्यक्ष सुनिल दाहाल, ६ नम्बर वडा टोल विकास समन्वय समिति संयोजक गणेश दुलाल, तरूण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, नवजीवन ज्योति क्लबका अध्यक्ष श्रीराम पुडासैनी, बाल जागृति युवा बर्ष माविका प्रअ अर्जुनप्रसाद चौलागाईं, नेपाल स्वास्थ्यकर्मी समाजका नीजि विभागका केन्द्रीय संयोजक उत्सव चौलागाईं, कार्यक्रम संयोजक राजकुमार बास्तोला लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा हेटौंडा-६ का ८ वटा टोलीको सहभागिता रहेको थियो ।

1-Final1-1477748292.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

थप समाचार