Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाल, महिला टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा

Nepal-women-cricket_2tamF-1547793113.jpg

४ माघ, हेेेटौंडा ।  नेपाल थाइल्याण्डमा जारी टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा इन्डोनेसियालाई ९२ रनले हराउँदै नेपाल फाईनलमा प्रवेश गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ११९ रन बनायो । नवौं ओभरमा टिमको स्कोर ३१ रन हुँदा नेपालले पहिलो विकेट गुमाएको थियो । कजल श्रेष्ठ १४ रन बनाएर क्याचआउट भइन् । 
त्यसपछि क्रिजमा आएकी इन्दु वर्मा र सीता रानामगरले ७० रनको साझेदारी गर्दै नेपाली टिमलाई तीन अंकको योगफलमा पुर्‍याए ।
व्यक्तिगततर्फ सीताले अर्धशतक बनाउन दुई रनले चुकिन् । उनी ४८ रनमा रनआउट भएकी थिइन् । त्यसपछि क्रिजमा आएकी नेरी थापा पाँच रनमा क्याचआउट भइन् । इन्दु वर्मा ३७ रनमा अविजित रहिन् ।
जवाफमा नेपालको कसिलो बलिङसामु इन्डोनेसिया ११ ओभरमा मात्र २७ रनमा अलआउट भयो । उसका कुनै पनि खेलाडी धेरै समय क्रिजमा टिक्न सकेन । उसले मात्र ११ रन हुँदा पहिलो विकेट गुमाएको थियो भने ३२ रन बनाउँदा ७ विकेट खेर फाल्यो । इन्डोनेसियाकी युलियाले सर्वाधिक १३ रन बनाइन् ।
त्यसपछि इन्डोनेसियाले अरु १६ रन जोड्दा सबै विकेट गुमायो । उसका तीन खेलाडीले खाता खोल्न सकेनन् । अरु खेलाडीले पनि दोहोरो अंक जोड्न सकेनन् ।
नेपालकी रुविना क्षेत्रीले तीन विकेट लिइन् भने दुई खेलाडीलाई रन आउट गरिन् । 
यस्तै, कविता कुवँर, सरिता मगर, सीता रानामगर र नेरी थापाले एक–एक विकेट लिए ।

अब नेपालले फाइनल खेल युएई र थाइल्याण्ड बिचको बिजेता सङ्ग खेल्नेछ ।
यसअघि नेपालले पहिलो खेलमा चीन, दोस्रो खेलमा मलेसिया, तेस्रो खेलमा युएई र चौथो खेलमा थाइल्याण्डको ‘ए’ टोलीलाई पराजित गरेको थियो ।
राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको प्रशिक्षणमा करीब दुई वर्षपछि अन्तर्राष्ट्रिय महिला प्रतियोगिता खेलेको नेपाली टोली निकै सशक्त देखिएको छ । 

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार