२१ कार्तिक, हेटौँडा । नेकपा माओवादी केन्द्रका सांसद रामनारायण विडारीले आफुहरुको हस्ताक्षर विना जानकारी लोकमान प्रकरणमा प्रयोग गरिएको बताएका छन् । उनले विकासे कामका लागि संसदिय दलमा भएको हस्ताक्षर लोकमानको महाअभियोगमा प्रयोग भएको बताएका हुन् । हेटौँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाअभियोग सिफारिस समितिका सदस्य समेत रहेका सांसद विडारीले एमालेको हस्ताक्षर समेत त्यस्तै ढंगबाट आएको दावि गरे ।
‘अन्य प्रयोजनमा गरिएको हस्ताक्षर थाहै नदिई लोकमानको महाअभियोगमा प्रयोग गरिएछ ।’–उनले भने–‘तर पछि थाहा पाएपछि हामीले यसबारे विरोध गरेनौं ।’ कुन प्रयोजनका लागि हस्ताक्षर गरिएको थियो भन्ने पत्रकारको जिज्ञासामा विडारीले भने–‘विजुलीको तार, खम्बा, ट्रान्स्फर्मरका लागि हस्ताक्षर गर्न भनियो, हामीले जिल्लामा माग भएकाले हस्ताक्षर गरिदियौं तर पछि त्यो सही लोकमान प्रकरणमा प्रयोग गरिएछ ।’ विडारीले आगामी दिनमा हस्ताक्षरको दुरुपयोग नहुनेतर्फ पार्टीमा छलफल गरिएको बताए ।
उनले एमालेमा पनि संसदिय दलको बैठकको उपस्थिति हस्ताक्षरण लोकमान प्रकरणमा प्रयोग भएको दावि गरे । लोकमान व्यवस्था नै फेल गराउन अग्रसर भएकाले महाअभियोगको प्रक्रिया अघि बढाउनु परेको उनको भनाई छ । एन्फा प्रकरणतर्फ लक्षित गर्दै उनले भने राजतन्त्रवादीका मुद्धालाई वेवास्ता र गणतन्त्रवादीका मुद्धालाई बढि ध्यान दिने काम लोकमानबाट भईरहेको विडारीको भनाई छ । सर्वोच्च अदालतको म्याद तामेलिमा अवरोध र संसदिय समितिको अवमूल्यन गर्नु संवैधानिक निकायको प्रमुखको हैसियतमा लोकमानले गरेको गम्भिर गल्ति भएको कानूनका जानकार विडारीले बताए ।
संविधान संशोधनमा एमाले, महाअभियोगमा काँग्रेस सहमत
सांसद रामनारायण विडारीले छिटै नै संविधान संशोधन हुने दावि गरे । उनले एक साता अघि नै संविधान संशोधनबारे सहमति जुटेको दावि गरेका हुन् । उनले महाअभियोग प्रकरणले संविधान संशोधनको विषयमा सहमति जुटाउन सहयोग गरेको बताए । उनका अनुसार संविधान संशोधनमा एमाले र महाअभियोग पारित गर्नेमा काँग्रेस सहमत भईसकेका छन् । दुबै काम प्रक्रिया अनुसार अघि बढ्ने उनले बताए ।
संविधान संशोधनमा उठेका सिमांकन, अंगिकृत नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व लगायतका विषयमा सहमति जुटेको उनको भनाई छ ।
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२५ बैशाख, हेटौंडा । हुम्लामा काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...


-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




