२२ फागुन, हेटौँडा । मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले यस वर्षको मकवानपुर संगीत श्री सम्मान गायक तथा संगीतकार प्रमेन्द्र महर्जनलाई प्रदान गर्ने भएको छ ।
संगमको बुधबार बसेको बैंठकले लामो समयदेखि गीतसंगीतको माध्यमबाट मकवानपुरलाई योगदान दिंदै आएका महर्जनलाई सम्मान गर्ने निर्णय गरेको संगमकी उपाध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् । उनलाई मकवानपुर संगीत श्री सम्मानका साथमा १० हजार नगद पनि प्रदान गरिने छ । महर्जन संगीत समाज मकवानपुरका अध्यक्ष हुन् ।
यसैगरी यस वर्षको शेषजंग स्मृति कथा पुरस्कार हेटौंडा–१८ हर्नामाडीमा रहेको ज्योति माविका विद्यार्थी महेश देवकोटाले पाउने भएका छन् । शिक्षासेवी डेन्टीजंग शाहले छोराको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
जिल्लाका सबै विद्यालयबाट कथा लेखन प्रतियोगिता गराई त्यसबाट उत्कृष्टलाई शेषजंग कथा पुरस्कार प्रदान गर्ने गरिएको छ । निर्णायक कमिटीको नजिता अनुसार कथातर्फको पुरस्कारमा देवकोटा छनोट भएको उपाध्यक्ष न्यौपानेले जानकारी दिइन् । उक्त पुरस्कारको राशी २ हजार ५ सय रहेको छ ।
यस्तै यस वर्षको णकुमारी स्मृति साहित्य पुरस्कार मकवानपुर गढी गाउँपालिकाको आमभञज्याङमा रहेको शारदा माविका छात्रा सरिता तिमल्सिनालाई प्रदान गरिने भएको छ । जिल्ला भरिका विद्यालयका छात्रा बीच भएको प्रतिष्प्रर्धाबाट तिमल्सिना छानिएकी हुन् । उनले पनि नगद २ हजार ५ सय प्राप्त गर्ने छिन् । उक्त पुरस्कार हास्यव्याङ्यकार आरसी रिजालले आमाको स्मृतिमा स्थापना गरेका हुन् ।
मकवानपुर श्री सम्मान र दुवै पुरस्कार फागुन २५ गते संगमले विशेष साहित्यिक कार्यक्रमको आयोजना गरेर वितरण गर्ने उपाध्यक्ष न्यौपानेले जानकारी दिइन् ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















