Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

मेला

Yash-Lama-1552219239.jpg

यश लामा

जब देखिन्छ रोटेपिङ
गरिब बाउको टाउको घुमिरहन्छ 
स्कुले छोराछोरीको अघिपछि ।

मौतका कुवा
पर्मबाट फर्किएकी आमाको 
घाँटी अठ्याउनेअस्त्र 
जो अल्झीबस्छ गलगाँठझै ।

जादु
आङ टकटकाएर धुलो झार्ने खेल 
जो छलिबस्छ आँखाको प्रकाश ।

स्टलहरू
खसीको टाउको झुण्डाएर 
कुकुरको मासु बेच्ने उपाय 
जो गरिबस्छ भद्दा विज्ञापन ।

कन्सर्ट
रूपमतिले रूप बिगारेर घर फर्कने इमोसन 
हातगोडाबीच हुने अनावश्यक घम्साघम्सी 
आँखाले गर्ने अघोषित युद्ध 
धनकुमारहरूको धन चङ्गा हुने समय 
जो रौनक हुन्छ मेलाको ।

खेलौनाहरू
भाँडाकुडी र माटो बिर्साउने कृतिम साधन 
रेडिमेड बुख्याँचा प्रतिको काँचो प्रेम 
सिर्जनाको अन्त्य 
जिभ्रोमा प्लास्टिक टाँसेर
खाएको भात 
जो आर्गनिक सपनाहरूको हत्यारा भएको छ ।

रेलगाडी
भुमरीको हावा
घुमाएर सात्तो खाने खोला 
कतै नपुर्‍याउने गन्तव्य 
रेमिट्यान्स बाहिर्‍याउने अब्बल षडयन्त्र ।

मिठाइका परिकार
झिँगाको पाइखाना
धुलोको सगरमाथा
पेट बिगार्ने रोग
जथाभावी कन्याएको हात बेच्ने दोकान 
सिँगान पुछ्ने रूमाल
जसले बनाएको छ जिन्दगी अमिलो ।

खुद्रा प्रदर्शनी
अक्षर बिर्साउने चरित्र 
भुरा रूवाउने गज्जबको चिमोटाइ 
इतिहास प्रतिको नमिठो व्यङ्ग्य 
मन भत्काउने भुइँचालो ।

यी जम्मै
आयतीत आकर्षण बाहेक 
अरू केही होइनन् ।

मेला
किन बिकृत हुँदैछ अचेल यसरी ।

गैरीखेत र टारीखेतको मेलाको सिकाइ 
माटोको छाती चिथोर्दा पाएको 
मङ्सिरे उपलब्धी 
कत्ति पनि बिकृत छैन बरू ।

आऊ बसेर हिसाब गरौँ
आजसम्म कुन मेलाको कोखबाट
कति संस्कारहरू जन्मिए ?


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार