२ मंसिर, हेटौंडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा बिहीबारबाट हेटौंडाको आँखा अस्पताल पछाडि रहेको खाली जग्गा (भूटनदेवी पार्क) मा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ शुरू भएको छ ।
प्रतिष्ठानको आयोजनामा गतबर्षबाट सुरु भएको हेटौंडा गोल्डकपलाई निरन्तरता दिने र मकवानपुरका खेलाडी तथा पत्रकारको हितमा काम गर्ने उद्देश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था संगको सहकार्यमा पहिलो पटक हेटौंडामा खेलकुद तथा व्यापार महोत्सव शुरू भएको हो ।
मेलाको उद्घााटन मध्यमाञ्चलखक्षेत्रीय प्रशासक विनोद केसीले गरेका थिए । मेलाको उद्घाटन गर्दै केसीले जिल्लाको विकासका लागि सबै युवाहरु जुट्नुपर्ने समय आएको बताए । ‘मेला महोत्सवमात्र होइन । अब सबै क्षेत्रको विकास गर्नका लागि हामी जुट्पर्ने समय आएको छ । अब हेटौंडाले विकासका पूर्वाधारको पनि विकास गर्दै लैजानुपर्ने अवस्था आएको छ,’ उनले भने । उनले मकवानपुरलाई प्रान्तीय सदरमुकाम बनाउन सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।
आयोजक प्रतिष्ठानका अध्यक्ष भेष खड्कीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, खेलकुद पत्रकार मञ्च केन्द्रीय समिति महासचिव तथा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य प्रकाश तिमल्सिना, राजनीतिक दलका तर्फबाट राप्रपा नेपाल केन्द्रीय सदस्य नवराज बिष्ट, मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिना, मकवानपुर उद्योग बाणिज्य संघ महासचिव महेन्द्र राउत, आयोजक सल्लाहकार प्रताप बिष्ट, आयोजक समितिका बरिष्ठ उपाध्यक्ष सविन भट्टाचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
महोत्सवको उद्घाटन समारोहमा नेपाली एथ्लेटिक्स क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका पूर्व ओलम्पियन तथा राष्ट्रिय खेलकुद परिषद्का एथ्लेटिक्स प्रशिक्षक अमिरीप्रसाद यादबलाई आयोजकले सम्मानित गरेको थियो । मेला अवधिभर खेलक्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएकाहरुलाई सम्मानित गर्ने बताइएको छ ।
महोत्सवको ‘पावर्ड बाइ’को रुपमा नेको इन्स्योरेन्स रहेको छ । महोत्सवको लागि प्रतिष्ठानसंग सहकार्य गरेको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले महोत्सवमा लोपोन्मुख राउटे जातिको प्रदर्शनी विशेष रहेको बताए ।
बाल उद्यानअन्तर्गत् चाँदतारा र टोराटोरा यस महोत्सवको लागि नयाँ खेल हुन् । महोत्सव उद्घाटन हुनुपूर्व हेटौंडा–४ हुप्रचौरबाट शोभायात्रा निकालिएको थियो । शोभा यात्रा हुप्रचौर, मेनरोडहुँदै मेला स्थलमा पुगेर उद्घाटन सत्रमा परिणत भएको थियो ।
तीनसय ५० वटा स्टल रहेको महोत्सवमा म्याराथन, तेक्वान्दो, कबड्डीको राष्ट्रिय प्रतियोगिता एवम् महिला भलिबलमा सशस्त्र प्रहरी र ढोरपाटन क्लवबीच मैत्रीपूर्ण खेल तथा शारीरिक सुगठनको जिल्लास्तरीय खेल प्रदर्शनी रहेका छन् । मेलामा राखिने अधिकांश स्टलहरुमा विशेष छुट तथा आकर्षण रहेका छन् । मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहनेछ ।
महोत्सव करिव २ लाख ५० हजार जनाले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने आयोजकले लक्ष्य राखेको छ ।
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२५ बैशाख, हेटौंडा । हुम्लामा काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...


-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




