४ मंसिर, हेटौंडा । हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार महोत्सव शनिबार करिब ३५ हजारले अवलोकन गरेका छन् ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान तथा औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा व्यापार मेला–२०७३ अन्तर्गत शनिबार महोत्सवमा अवलोकनकर्ताको घुइचो लागेको थियो । अन्य दिनका तुलनामा मेलाको तेस्रो दिन मेला स्थल भरिएको थियो । मेलामा विहानैबाट भीड लागेको र व्यापार पनि मनग्य भएको आयोजकले जनाएको छ ।
आयोजक समितिका अध्यक्ष भेष खड्गीले दिन प्रतिदिन मेला भर्नेको संख्या बढिरहेको भन्दै दर्शकहरुको रुचिमा राष्ट्रिय कलाकार र विविध खेलकुद प्रतियोगिता रहेको बताए । खड्गीका अनुसार मंसिर ८ र ९ गते हुने कुस्ती प्रतियोगिताका लागि अग्रिम टिकट लिनेहरुको संख्या समेत बढेको छ । ‘मेलाको अर्को मुख्य आकर्षण भनेको कुस्ती प्रतियोगिता पनि हो । त्यसका लागि पनि टिकट बुकिङ भइरहेको छ’, उनले हेटौंडा गट ट्यालेण्टका कारण पनि मेला भर्नेको संख्या बढेको बताए ।
नेको इन्स्योरेन्स पावर बाईको रुपमा रहेको महोत्सवमा शनिबार राष्ट्रिय गायक सविन राई र उनको ब्याण्ड तथा लोकगायक भोजराज काफ्लेले मनोरञ्जन प्रदान गरेका थिए । जारी महोत्सवमा आइतबार ८८४८ ब्याण्ड, गायक ध्रुब विस्को, र्याप गायक भरत समारी र विश्वकै होचो व्यक्ति दीपेन शाही आउने प्रचारप्रसार समिति संयोजक गणेशदर्पण अधिकारीले जानकारी दिए ।
तीन सय ५० वटा स्टल रहेको महोत्सवमा म्याराथन, तेक्वान्दो, महिला भलिबलमा सशस्त्र प्रहरी र न्यू डायमण्ड क्लबबीच मैत्रीपूर्ण खेल तथा शारीरिक सुगठनको जिल्लास्तरीय खेल प्रदर्शनी रहेका छन् । खेल महोत्सवमा जिल्लामै पहिलोपटक कुस्ती प्रतियोगिता आयोजना हुँदैछ । मेलामा राखिएका अधिकांश स्टलहरुमा विशेष छुट तथा आकर्षण रहेका छन् । मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड सांगीतिक प्रस्तुति भइरहेको छ ।
महोत्सव करिब दुई लाख ५० हजार जनाले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने आयोजकले अनुमान छ । महोत्सवमा लोपोन्मुख राउटे जातिको प्रदर्शनी विशेष रहेको छ । बाल उद्यानअन्तर्गत् चाँदतारा र टोराटोरा यस महोत्सवको लागि नयाँ खेल हुन् ।
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२५ बैशाख, हेटौंडा । हुम्लामा काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...


-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




