Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सहिद स्मृति फुटबलमा मकवानपुर–११ को विजयी शुरुवात

Ft1-1553180623.jpg

७ चैत, हेटौंडा । आयोजक मकवानपुर–११ ले दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा विहिबारबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मकवानपुरले मच्छिन्द्र क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
मच्छिन्द्रको तर्फबाट मोमिया मोहम्मदले  खेलको १६ औं मिनेटमा हेडमार्फत पलिो गोल गरेका थिए । खेलको ३० औं मिनेटमा काजिमले मकवानपुरको तर्फबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको ६३ औं मिनेटमा काजिमले मकवानपुरका लागि निर्णायक गोल गरेका थिए । काजिम खेलको म्यान अफ दी म्याच समेत घोषित भए । 
प्रतियोगिताअन्तर्गत् शुक्रबार सशस्त्र प्रहरीको एपीएफ र हिमालयन शेर्पाबीच खेल हुनेछ । प्रतियोगिता उद्घाटन ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका थिए । प्रतियोगितामा आठवटा ए डिभिजन टोलीसहित दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिता फाइनल चैत १६ गते शनिबार हुनेछ  । प्रतियोगिताको विजेताले नगद आठलाख रुपैँया र उपविजेताले नगद चारलाख रुपैँया प्राप्त गर्नेछ । 
जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको उद्घाटन सरोहमा अध्यक्ष टिकाराम लामाको सभाध्यक्षतामा भएको थियो । उद्घाटन समारोहमा राष्ट्रिय सभासदस्य रामचन्द्र राई, ३ नम्बर प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, जिल्ला खेलकुद विकास समिति मकवानपुर अध्यक्ष माधव तिमल्सिना, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, प्रतियोगिता संयोजक प्रताप विष्ट, हेटौंडा उपमहानगरपालिका–५ नम्बर वडा अध्यक्ष राजेश बानियाँलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार