Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

सन्ध्यामा सञ्जेलको क्षितिज यात्रामाथि विमर्श

Sangam-1553351707.jpg

९ चैत, हेटौँडा । साहित्य सङ्गम मकवानपुरको साहित्य सन्ध्यामा क्षितिज यात्रा माथि विमर्श गरिएको छ । सङ्गमको २८२ औं साहित्य सन्ध्याको अवसरमा मुक्तककार विश्वनाथ सञ्जेलको मुक्तकसङ्ग्रह क्षितिज यात्रा माथि विमर्श गरिएको हो ।
गतमहिना प्रकाशित सञ्जेलको कृति क्षितिज यात्रामाथि साहित्यकारहरुले समिक्षासहित विमर्श गरेका हुन् । कार्यक्रममा क्षितिज यात्रा माथि साहित्यकार रमेशमोहन अधिकारी, देवराज तिवारी, दीपक गौतम र सुवास खनालले समिक्षा गरेका थिए । उनिहरुले सङ्ग्रहमा समावेश मुक्तक प्रगतीवादी धारका रहेको बताए । मुक्तकहरुले देश र समाजका घटनालाई उतार्दै खबरदारी समेत गरेको उल्लेख गरे ।  सञ्जेलको क्षितिज यात्रा दोस्रो कृति हो । यस अघि २०६८ मा उनले गजलसङ्ग्रह पलपलको मूल्य प्रकाशन गरिसकेका छन् ।
झरना साहित्यिक परिवारले प्रकाशन गरेको क्षितिज यात्रामा १ सय ८ वटा मुक्तक समावेश गरिएको छ । सञ्जेल झरनाका उपाध्यक्ष, संगमका सदस्य हुन् । कविता, गजल, मुक्तक, समिक्षा तथा समालोचनामा कलम चलाउने सञजेल शिक्षाशास्त्र सङ्कायमा स्नातकोत्तर हुन् । साहित्य सङ्गमकी उपाध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि साहित्यकार लेखक आन्नदराम पौडल रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथि साहित्यकार निर्मोही व्यास रहेका थिए । कार्यक्रममा साहित्यकार तुल्सी थापा, आरसी रिजाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा साहित्यकारले रचना वाचन गरेका थिए  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

थप समाचार