Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

 पुलिसले फ्रेण्डस क्लबलाई ३ गोलले पाखा लगायो

दोश्रो भुगर्भ सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकप

IMG_5823-1553522536.JPG

 ११ चैत, हेटौंडा । हेटोँडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा फ्रेण्डस क्लब काठमाडौं र पुलिस क्लब बिचको खेलमा लाई फ्रेण्डस क्लबलाई ३–० गोलअन्तरले पाखा लगाउदै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा फ्रेण्डस क्लब काठमाडौंलाई ३–० गोलअन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 
पुलिसको जीतका लागि जर्सी नम्बर १०का भरत शाहले ह्याट्रिक गरे । उनले खेलको १२ औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा दोस्रो गोल गरेका भरतले त्यसको १ मिनेट नबित्दै ४३ औं मिनेटमा ह्याट्रिक पूरा गरे । खेलको म्यान अफ दी म्याच पुलिसका ह्याट्रिक  गर्ने खेलाडी भरत घोषित भए । उनले नगद दशहजार रुपियाँ प्राप्त गरेका थिए । उनी प्रतियोगिता सर्वाधीक गोलकर्ता समेत भएका छन् ।
 पहिलो हाफ्मा पुलिसले फ्रेण्डसमाथि पूर्ण दबाब बनाएपनि दोस्रो हाफ्मा भने सकेन । दोस्रो हाफमा फ्रेण्डसले सुधारको खेल प्रस्तुत गरेको थियो । फ्रेण्डसका लागि विदेशी खेलाडी फोफना र स्यान्कोले दोस्रो हाफ्मा राम्रो मौका पाएपनि गोल गर्न सकेनन् । अब फाइनल प्रवेशका लागि पुलिसले घरेलु टोलि मकवानपुर–११ सँग प्रतिस्पर्धा गर्नेछ ।
यसैक्रममा मंगलबारको खेल थ्रीस्टार क्लब र सरस्वती क्लबबीच हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्नेछन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई नगर ७५ हजार र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २०/२० हजार प्रदान गरिनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ  ।
 

IMG_5795-1553522536.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार