Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

कविता : बन्दुक

Yash-1553842241.jpg

यश लामा


सुप्रिमो !
तिमीले बुझाएको बन्दुक
अब हुनेछ मेरो काँधमा ।

त्यही दिन गरेको हुँ
मैले यो फैसला
जुन दिनदेखि तिमीले
बन्दुक बिसाएर
आफ्नो काँधमा
बोक्न थालेका थियौ
नव जल्लादहरूलाई ।

तिम्रो छातीमा त
सेक्सी नायिकाको
अर्धनग्न फोटो देख्छु ।

आँखामा थकाइ देख्छु
सुस्केराहरूमा उस्तै निरासता
हातमा कामसूत्रवाला पुस्तक
प्रत्येक साँझ सूर्य पनि
तिम्रै गिलासमा खसेको देख्छु ।

मालिक !
कम्युनिस्ट मेनोफेस्ट्रोको
हवाईजहाज उडेर कहाँ पुग्यो ?
पूँजीको पानीजहाज
कुन समुद्रमा छ ?
रगत र पसिनाले सिर्जिएको हाम्रो
ऐतिहासिक झण्डा खोइ ?

भुइँको खाल्डो
बादलले देखेको इतिहास छ र ?

तिमी सिंहासनमा बसेर
सत्ताको चास्नी खाइराख
सुदखोरीहरूको
घुमाउरो गीत गाइराख
म झुपडीको आवाज बोलिरहन्छु
न्यायको बन्दुक बोकिरहन्छु
पसिनाको गीत गाइरहन्छु ।

तिमी स्वयम्
अभ्यस्त छौ
बन्दुकबाट निस्किएको
विचारको आगो
कति महङ्गो छ ?
यो आफ्नोअर्काको भन्दैन
यो चुप बस्न मान्दैन
यसको धर्म पड्किनु हो
यसले पड्किन मात्र जानेको छ ।

कमरेड !
यो बन्दुकको आगो हो
यो विचारको आगो हो
यो अहमता जलाउँछ
यो मालिक जलाउँछ
यो उल्टो कुर्कुच्चो जलाउँछ
यो भ्रमको
धमिलो पानी पनि जलाउँछ ।

भेगियारे !
तिमीले बिसाएको
बन्दुकको विश्राम
अन्तिम हुँदै होइन ।

म भ्रममुक्त छु
लाल सरकार !
भ्रममुक्त छु
कि मैले बोक्ने
बन्दुकको अन्तिम गन्तव्य
सिंहदरबार हुँदै होइन
ब्राण्डेड जुत्ताको
नरभक्षी तलुवा झन हुँदै होइन ।

एक आज्ञाकारी
विद्यार्थी जस्तो
होइन विचारको बन्दुक
हेक्का रहोस्
यसको कुनै ईश्वर छैन
यो कुनै तालुकदारको
सेन्ट्री बस्दैन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

थप समाचार