पुरस्कार ग्रहण गर्दै पत्रकार भानुभक्त आर्चाय ।
१६ चैत, हेटौंडा । पत्रकार भानुभक्त आचार्य केशबलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित भएका छन् । मातृभूमि साहित्य समाज मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको कार्यक्रममा आचार्यसहित बिभिन्न व्यक्तित्वहरु सम्मानीत भएका हुन् ।
पत्रकार महासंघ मकवानपुरका पूर्बअध्यक्ष आचार्यलाई नगद ७ हजार ५ सय रुपैयाँसहित सम्मानपत्र कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार तुलसी थापाले प्रदान गरेका हुन् । मातृभूमि राष्ट्रिय पुरस्कार २०७४ नगद २१ हजार १ रुपैयाँ सहित डा. तुलसी भट्टराई (काठमाडौं), शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक पुरस्कार २०७३ (नगद १५ हजार रुपैयाँसहित) शिक्षासेवी देवप्रसाद श्रेष्ठ तथा बद्रीप्रसाद खतिवडा (मकवानपुर), २०७४ को शिक्षासेवी बनमाली सुबेदी तथा सजनी गोर्खालीलाई प्रदान गरिएको छ ।
त्यस्तै हातेमालो मातृभूमि युवा सिर्जनशील सम्मान २०७४ नगद १० हजार १ रुपैयाँसहित साहित्यकार सानुभाइ बिश्वकर्मा (मकवानपुर), क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान २०७४ नगद १० हजारसहित संस्कृत वेद विद्यालय हेटौंडा–१०, गोरक्षश्वर, (मकवानपुर), राजकुमार स्मृति मातृभूमि सम्मान २०७५ नगद १० हजार १ रुपैयाँ सहित उषा तिवारी (चितवन) लाई प्रदान गरिएको थियो ।
समाजका अध्यक्ष माधब पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा सम्मानीत व्यक्तित्व देव श्रेष्ठले प्राप्त गरेको १५ हजार रुपैयाँ मामाघर नेपाललाई र बद्री अतिवडाले प्राप्त गरेको नगद १५ हजार रुपैयाँ हेटौंडा–२ चौकीटोलस्थित ओम बृद्धाश्रमलाई प्रदान गर्ने बचनबद्धता व्यक्त गरेका छन् । समाजले बिभिन्न दातासँगको समन्वयमा एक दर्जन भन्दा बढी पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ह्यग्रीव आचार्य, परराष्ट्रबिद् डा. हिरण्यलाल श्रेष्ठ, साहित्यकार तुलसी भट्टराई, साहित्य संगम मकवानपुरका अध्यक्ष निमेश निखिल, आँचल साहित्य परिवारकी अध्यक्ष अप्सरा हुमागाईलगायतले बोलेका थिए । भुटनदेबी माविका शिक्षक बिष्णुप्रसाद गौतमद्वारा लिखित नेपालदेखि अमेरिकासम्म नियात्रा कृतिको बिमोचन पनि गरिएको थियो ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















