७ साउन, हेटौँडा । केन्द्र, क्षेत्र, डिभिजन, अञ्चल, जिल्लाबाट पाउने सेवाहरु अब स्थानीय सरकार अर्थात् गाउँपालिका र नगरपालिकाबाट पाउँने भएका छन् । त्यस्तै, अहिलेको गाबिसबाट पाउने सेवाहरु वडा वा संयुक्त वडा कार्यालयहरुबाटै पाउँने भएका छन् । संघीय संरचना अनुसार क्षेत्रीय, डिभिजन, अञ्चल, जिल्ला कार्यालयहरु नरहने भएकाले गाउँपालिका र नगरपालिकामै धेरै अधिकार रहनेछन् । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति, मकवानपुरले शुक्रबार हेटौँडामा गरेको छलफल कार्यक्रममा यस्तो जानकारी दिईएको हो ।
समितिले राजनितिक दलका प्रतिनिधि र पत्रकारहरुसँग छुट्टाछुट्टै छलफल, परामर्श गरेको थियो । कार्यक्रममा गाउँपालिका, नगरपालिका तथा बिशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको कार्यबिधीबारे जानकारी दिईएको थियो ।
स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका सदस्य सचिव एवम् जिल्ला बिकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत किसान न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले गाउँपालिका, नगरपालिकाका आधार तथा मापदण्डहरु, केन्द्र तोक्ने आधार, स्थानीय निकाय र स्थानीय सरकारमा फरक, साविकमा र अब हुने सेवा प्रवाहहरु, बिशेष, संरक्षित वा स्वायत्त क्षेत्र निर्धारण गर्ने आधारहरु, शर्तहरु लगाएतका बिषयमा जानकारी दिएका थिए । कार्यक्रममा स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका संयोजक एवम् जिल्ला बिकास समिति मकवानपुरका स्थानीय बिकास अधिकारी लक्ष्मण बिक्रम थापाले सहभागीको जिज्ञासाको जवाफ दिएका थिए ।
सरोकारवालासँगको छलफललाई तिब्रता
स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति मकवानपुरले कार्ययोजना बनाएरै सरोकारवालासँगको छलफललाई तिब्रता दिएको छ । साउन ५ र ६ गते आन्तरिक तयारी र कार्ययोजना निर्माण गरेको समितिले साउन २८ गते आयोगलाई प्रतिबेदन पठाउने तयारी गरेको छ । साउन ९ गते गाबिस सचिव र कार्यालय प्रमुखहरुसँग, साउन १० गते नागरिक समाज, अगुवा व्यक्ति र गैरसरकारी संस्थाका प्रतिनिधीसँग र साउन ११ गते साँसद, पूर्वमन्त्री, पूर्व साँसद, पूर्व जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी र बिज्ञसँग छलफल गर्ने योजना छ ।
साउन १३ गते मन्त्री, पूर्वमन्त्री, साँसद, पूर्व साँसद, पूर्व जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी र बिज्ञहरुको सहभागितामा जिल्ला स्तरीय परामर्श कार्यशाला गोष्ठी गरिनेछ । त्यस्तै, साउन १४ गतेदेखि २४ गतेसम्म सम्भावित÷प्रस्तावित गाउँपालिका, नगरपालिकाका स्थानीय सरोकारवालाहरुको सहभागितामा स्थानीय परामर्श कार्यशाला गोष्ठी गरिने स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका सदस्य सचिव एवम् जिबिसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत किसान न्यौपानेले जानकारी दिए । साउन २६ गते मन्त्री, पूर्वमन्त्री, साँसद, पूर्व साँसद, पूर्व जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी र बिज्ञहरुको सहभागितामा जिल्लास्तरीय कार्यशाला गोष्ठी गरि गाउँपालिका र नगरपालिकाको संख्या, नाम, केन्द्र तथा सीमाना निर्धारण गरिने बताईएको छ । सञ्चारमाध्यमहरुबाट सूचना प्रवाह गर्ने जनाउँदै समितिले सुझाबहरु दिन सार्वजनिक रुपमा आव्हान समेत गरेको छ ।
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...
२३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...
२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...
२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...














-1782436668.jpg)



