Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

जिविस मकवानपुरमा पूर्व योजना तर्जुुमा गोष्ठी

ddc-800x599-1479906653.jpg

८ मंसिर, हेटौंडा । आर्थिक वर्ष २०७४÷७५ को जिल्ला विकास योजना तर्जूमाका लागि पूर्व योजना तर्जुुमा गोष्ठी  हेटौंडामा सम्पन्न भएको छ । सहभागितामूलक योजना तर्जुमाको चौधौं चरणको प्रक्रिया अनुसार पूर्व योजना तर्जूमा गोष्ठी जिल्ला विकास समितिको सभाहलमा भएको हो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दैै जिल्ला विकास समिति मकवानपुरका योजना, अनुगमन तथा प्रशासकीय अधिकृत किसान न्यौपानेले हालसम्म केन्द्रबाट बजेट सिलिङ नआएका कारण गत आर्थिक वर्षको मार्गदर्शनमा आधारित भएर योजना निर्माण गरिएको जानकारी दिए । समयभित्र पूर्व योजना तर्जूमा गोष्ठी सक्नुपर्ने भएका कारण गत आर्थिक वर्षको भन्दा १० प्रतिशत बजेट बृद्धि गरी योजना बनाइए पनि मार्गदर्शन आएपछि त्यसैमा आधारित भएर अघि बढ्ने जानकारी दिए ।

उनका अनुसार मुलुक संघीयतामा जाने प्रक्रियामा रहेकोले केही फरक भएपनि आधारभूत रुपमा विगतका वर्षहरुमा जस्तै योजना निर्माण गरिने बताउँनुभयो । उनले जिल्ला विकास समितिले केन्द्रको निर्देशन, जनताको भावना, नीति निर्देशिका भित्र रहेर काम गरिने स्पष्ट पारे ।
कृषि, पर्यटन, उर्जा, ग्रामीण विकास, सामाजिक विकास, मानव विकास, जनमैत्री सेवा, लैंगिक समानता, जलवायु परिवर्तन जस्ता निर्देशक सिद्धान्तभित्र रही योजना निर्धारण गरिने उहाँले जानकारी दिए । योजना निर्माणका क्रममा शिक्षा, स्वास्थ्य, समावेशीता जस्ता विषयमा पनि ध्यान दिइने योजना, अनुगमन तथा प्रशासकीय अधिकृत न्यौपानेको भनाई थियो ।

एउटा निर्वाचन क्षेत्रमा एउटा ठूला भौतिक संरचना बनाउने, भौतिक निर्माणका क्रममा वातावरणलाई ख्याल गर्ने विषयलाई जिविसले ध्यान दिनेछ । पूर्ण सरसफाई, खोप, साक्षर जस्त यसअघि सञ्चालन भएको अभियानलाई निरन्तरता दिइने र सन्तुलित विकासमा ध्यान दिने जिविसको योजना छ ।
कार्यक्रममा मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले पूर्व योजना तर्जूमा गोष्ठी योजना तर्जूमाको महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे । जिल्लाको विकास सरोकारवाला सबै पक्षको पहल र सक्रियतामा सम्भव हुने भन्दै उनले विकाससँग सम्बन्धित बहुपक्षीय सरोकारवालाहरु बीच भएको गोष्ठीले जिल्लाको विकासमा महत्वपूर्ण योगदान दिने बतााए ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति माइकल रामचन्द्र अर्याल, नेकपा एमालेकी जिल्ला अध्यक्ष मुनु सिग्देल, नेकपा माओवादी केन्द्रका भीम पाख्रिन, नेकपा माओवादी क्रान्तिकारीका जिल्ला संयोजक दिलबहादुर घिसिङ, जिल्ला बन कार्यालयका प्रमुख राजेन्द्र न्यौपाने, अपाङ्ग जिल्ला समन्वय समितिका नवराज पौडेल, गैरसरकारी संस्था महासंघका जिल्ला सहसचिव पुष्पपराग पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरुले जिल्लाको विकासमा नागरिकको भावना समेट्न र जनताको विश्वास जीतेर अघि बढ्न सुझाव दिएका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg