Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जिल्लास्तरीय दौड प्रतियोगितामा मिजार प्रथम

Tarun-Dal-1555224672.jpg

१ बैशाख हेटौँडा । नेपाल तरुण दल हेटौँडा ६ नम्बर वडा इकाईले गरेको जिल्लास्तरीय खुल्ला दौड प्रतियोगितामा सन्जिव मिजार प्रथम भएका छन् । दौडमा निर्धारित ५ किलोमिटरको दुरी १६ मिनेट ११ सेकेण्डमा पार गर्दै मिजार प्रथम भएका हुन् । 
दौडमा १७ मिनेट १ सेकण्डमा दुरी पार गर्दै सागर लामा दोस्रो र १७ मिनेट ४१ सेकेण्डमा दुरी पार गर्दै शरण थिङ तेस्रो भए । १७ मिनेट ५२ सेकेण्डमा दुरी पार गर्दै देवेन्द्र ढकाल चौथो र १७ मिनेट ५३ सेकेण्डमा दुरी पार गरी सविन व्लोन पाँचौ भए । प्रथम हुनेले नगद १५ हजार, दोस्रो हुनेले नगद १० हजार र तेस्रो हुनेले नगद ५ हजार रुपैँयासहित शिल्ड र मेडल प्राप्त गरे भने चौथोले नगद २ हजार रुपैँया र पाँचौ हुनेले नगद १ हजार रुपैँया प्राप्त गरे । 
विजयी खेलाडिहरुलाई कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ, निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सचिव बुद्ध लामा, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, सल्लाहकार रिता खनाल लगायतले पुरस्कार प्रदान गरेका थिए । 
तरुण दल हेटौँडा ६ नम्बर इकाई अध्यक्ष एवं वडा सदस्य राजकुमार बास्तोलाको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर सभापति आनन्दराम पराजुली, कांग्रेस ६ नम्बर इकाई अध्यक्ष रामहरी तिमल्सिना, नेता होमनाथ गौतम लगायत, इकाई सचिव भरत सापकोटाले मन्तव्य व्यक्त गरेका थिए । तरुण दलले बर्षेनी गर्दै आएको दौडमा यसपटक मकवानपुरका ३५ जना धावकको सहभागिता रहेको थियो । दौडको पुरस्कार र शुभकामना आदानप्रदान कार्यक्रमका लागि स्थानीय संघसंस्था र समाजसेवीले आर्थिक सहयोग गरेका थिए ।

Tarun-Dal1-1555225086.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार