६ वैशाख, हेटौँडा । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिकरुपमा विहिबारबाट नेपालगञ्जमा सुरु भएको छ । प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोहका विच विहिबार उद्धघाटन गरिन ।
उद्धघाटन कार्यक्रममा सम्बोन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय खेलकुद प्रतियोगिताले पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै खेलकुदको विकासमा सरकारले यथेस्ट लगानी गर्नुपर्ने बताएकी छन् ।
प्रदेश नम्बर–५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबार नेपालगन्जमा उद्घाटन गर्दै उनले खेलाडीहरुले आफ्नो वृत्ति विकाससँगै शैक्षिक क्षेत्रमासमेत ध्यान दिने विश्वास व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले विद्यालय तहदेखि नै खेलकुदको स्तर बढाउन सकेमात्र अन्तर्रा्ष्ट्रिय खेलकुद एरिनामा नेपालले दरिलो उपस्थिति जनाउन सक्ने उल्लेख गरिन् । उनले खेलाडीहरुलाई खेलकुदको मान राख्न पनि आग्रह गरिन् ।
प्रतियोगिता गएको चैत २७ गतेदेखि चलिरहेको भएपनि उद्घाटन बाँकेको नेपालगन्ज रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुकीमात्र गरेकी हुन् । उद्घाटनमा विभिन्न भाषा र संस्कृति झल्किने सांस्कृतिक झाँकी प्रस्तुत् गरिएको थियो ।
यही वैशाख ११ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न ३५ खेल समावेश गरिएको छ । मुलुकका सात प्रदेश, तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी तथा गैरआवासीय नेपालीहरुको गरी ११ टोलीका ५ हजार २११ खेलाडीले आठौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगितामा समान ३७२ स्वर्ण र रजतपदक तथा ५६३ कास्यपदकका लागि भिडन्त भइरहेको छ । व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामूहिकतर्फको विजेताले ७ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
आयोजक प्रदेश–५ भएपनि पूर्वाधार अभावका कारण बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, कास्की, ललितपुर र काठमाडौं गरी ८ जिल्लामा खेलहरु भइरहेका छन् ।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













