Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सन्दीपको उत्कृष्ट प्रर्दशनमा दिल्ली विजयी

sandy_RbqDfzGp4b-1555811138.jpg

८ वैशाख, हेटौँडा । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा इन्डियन प्रिमियर लिग (आईपीएल) को ३७ औं खेलमा दिल्ली क्पायिटल्सले किंग्स इलाभेन पन्जावलाई ५ विकेटले पराजित गरेको छ ।
जितका लागी दिल्लीका कप्तान श्रेयस अय्यर र शिखर धवनको अर्ध शतकिय पारी पनि महत्वपूर्ण रह्यो । 
टस जितेर पहिले फिल्डिङ गरेको दिल्लीले पञ्जाबबाट १६४ रनको विजयी लक्ष्य पाएको थियो । दिल्लीका लागि शिखर धवनले ५६ रन बनाए भने कप्तान श्रेयस अय्यरले ५८ रन बनाए । टिमका लागी ओपनर  पृथ्वी शले १३ रन बनाउँदा कोलिन इन्ग्रामले १९ रन बनाए । 
१ सय ६४ रनको लक्ष्य पछ्पाएको दिल्लीले २ बल अगाडी ५ विकेटको क्षतिमा पुरा गरेको हो । पन्जावका लागि हार्डस विलोजेनले २ र मोहम्मद शामीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको किंग्स इलाभेन पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । पञ्जाबका लागि क्रिस गेलले सर्वाधिक ६९ रन बनाए । त्यस्तै  मन्दीप सिंहले ३० रन बनाउँदा रविचन्द्रन आश्विनले १६ तथा हरप्रीतले २० रन बनाए । 
दिल्ली क्यापिटल्सका लागि नेपाली स्पिनर सन्दीप लामिछानेले महत्वपूर्ण ३ विकेट लिए । चार ओभरमा ४० रन खर्चिए पनि उनले क्रिस गेलसहित पञ्जाबका महत्वपूर्ण तीन विकेट लिएका हुन् । त्यस्तै दिल्लीका लागि कागिसो रबाडा र अक्षर पटेलले समान २–२ विकेट लिए । 
१० खेलमध्ये ६ खेलमा जित हात पारेको दिल्ली क्यापिटल्स १२ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । यस्तै चेन्नई ९ खेलमा ७ मा जित र २ मा हारका साथ १४ अंकका साथ शीर्ष स्थानमा छ । मुम्बई १० खेलमा ६ मा जित र ४ मा हारका दोस्रो स्थानमा छ 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार