Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

युभेन्टस लगातार आठौंपटक सिरी ‘ए’ च्याम्पियन

Juv-won-title-1-1555810870.jpg

८ वैशाख, हेटौँडा । लगातार सिरी ‘ए’ को उपाधि जित्ने क्रममा युभेन्टस पाँच खेल अगावै यस सिजनको इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । 
युभेन्टसले शनिबार राति फियोरेन्टिनालाई २–१ ले हरायो । जितका लागी फिओरेन्टिना विरुद्धको खेलमा एलेक्स सान्द्रोको गोल र जर्मन पेजेल्लाको आत्मघाती गोल युभेन्टसलाई पर्याप्त बन्यो । 
युभेन्टसको मैदानमा भएको खेलको छैटौँ मिनेटमा निकोला मिलेनकोभिचले गोल गर्दै फिओरेन्टिनालाई अग्रता दिलाएका थिए ।
युभेन्टसका लागी ३७औं मिनेटमा एलेक्स सान्द्रोले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरी भएको थियो । दोस्रो हाफको सुरुमै आत्मघाती गोल भएपछि युभेन्टसले खेलमा २–१ को अग्रता बनायो । ५३औं मिनेटमा जर्मन पिज्जेल्लाले विपक्षीको प्रहार बचाउन खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । 
त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस २–१ ले विजयी हुन सफल भयो । यससँगै यसै सिजन युभेन्टस पुगेका रोनाल्डोले सिरी ‘ए’ को पहिलो उपाधि जित्न सफल भयो ।
युभेन्टसले ३३ खेलबाट ८७ अंक जोडेको छ । जुन दोस्रो स्थानको नापोलीको भन्दा २० अंकले बढी हो । अब बाँकी ५ खेलमा हार व्यहोरे पनि युभेन्टसलाई कुनै असर गर्दैन ।
सन् २०११ र १२ को सिजनमा सिरी ‘ए’ च्याम्पियन भएयता युभेन्टस् लगातार च्याम्पियन बनिरहेको छ । (एजेन्सी)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार