१२ मंसिर, हेटौँडा । संविधान संशोधनको पक्षमा दुई तिहाइ मत पुर्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बन्न आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी नकेपा एमाले संशोधनमा सकारात्मक नदेखिएपछि प्रचण्डले थापालाई उपप्रधानमन्त्री दिएर संशोधनको पक्षमा दुई तिहाई जुटाउन कसरत गरेका हुन् ।
प्रचण्डको आग्रहसँगै केपि ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्र र स्थानीय विकास मन्त्री बनेका थापा फेरि उपप्रधानमन्त्री बन्छन् त भन्ने प्रश्न सर्वसाधारणले गर्न थालेका छन् । सरकारबाट बाहिरिएको करिव चार महिनाभित्रै फेरि सरकारमा जान नहुने मत केही राप्रपा कार्यकर्तामा छ भने सम्मानजनक अवस्थामा पुनः सरकारमा जानुपर्ने केहीको धारणा छ ।
सधैं सरकारमा गईरहदा सत्ता बाहिर रहन नसक्ने भन्ने आरोप लाग्न सक्ने भएकाले अहिले पार्टी एकिकरणको अभियानलाई तल्लो तहसम्म पुर्याउँदै संगठन बलियो बनाउनुपर्ने सामाजिक सञ्जालमा सक्रिय कार्यकर्ताहरुको भनाई समेत आईरहेको छ ।
राप्रपा र राप्रपा नेपालबीच एकिकरण भएको केही दिनभित्रै आएको प्रस्तावबारे गम्भिर छलफल हुनुपर्ने केन्द्रीय स्तरमा बहस शुरु भएको छ । आइतबार संसदिय दलको नेतामा अध्यक्ष थापा चयन भएसँगै सरकारबारेको बहस पनि अघि बढ्नुपर्ने केही नेताको बताउँदै आएका छन् । तर प्रचण्डको आग्रहबारे स्वयम् अध्यक्ष एवं संसदिय दलका नेता थापाले केही जवाफ दिएका छैनन् । एकिकरण नहुँदा पशुपति शम्सेर नेतृत्वको राप्रपा सरकारमा समेत भएको थियो भने एकिकरणपछि पनि सरकार छाडेको छैन ।
संसदमा ३७ सिट रहेको राप्रपाले संविधान संशोधनमा सहयोग गरे सहज अवस्था आउने भन्दै सरकारमा सहभागिताका लागि थापालाई मनाउन नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरु सक्रिय बनेका छन् । राप्रपा अध्यक्ष थापाले मधेशका माग सम्बोधन गरेर संविधान कार्यान्वयनमा जुट्नुपर्ने अन्यथा गलत तत्वले फाइदा लिने अभिव्यक्ति दिंदै आएका छन् ।
उनले पछिल्ला दिनमा दिएका अभिव्यक्तिले सरकारमा जानेबारे नप्रष्ट्याए पनि संशोधनमा सहयोग गर्न सक्नेतर्फ संकेत गरेको छ ।
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२५ बैशाख, हेटौंडा । हुम्लामा काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...


-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




