Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

इन्डियन प्रिमियर लिगः कोलकताको प्ले अफ संभावना कायमै 

nQpKhIWFsA7p50CNfl4c-1556502518.jpg

१६ वैशाख, हेटौँडा । इन्डियन प्रिमियर लिग(आईपीएल) को ४७ औं खेलमा कोलकता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई हराएसँगै प्ले अफका संभावना कायमै राखेको छ ।
आइतबार राती सम्पन्न खेलमा मुम्बईलाई ३४ रनले पराजित गर्दै कोलकताले प्ले अफको संभावना कायमै राखेको हो । २ सय ३३ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धाति २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८ रन बनायो ।
मुम्बईका लागि हार्दिक पान्ड्याले विश्फोटक ब्याटिङ गर्दै ९१ रन बटुले पनि टोलीको हार टार्न सकेनन् । १८ ओभरको अन्तिम बलमा हेरी गुर्नीले आन्द्रे रसेलबाट क्याच गराउनु अघि उनले ३४ बलमा ६ चौका र ९ छक्का प्रहार गर्दै ९१ रन बनाएका थिए ।
यस्तै कुनाल पान्ड्या २४, काइरन पोलार्ड २०, सुर्य कुमार यादव २६, इभिन लुईस १५ र कप्तान रोहित शर्मा १२ रनमा आउट भए । कोलकताका हेरी गुर्नी र आन्द्रे रसेलले समान २ विकेट लिए ।
यस अघि घरेलु मैदान इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३२ रन बनाउको थियो । कोलकताको विशाल योगफलका आन्द्रे रसेलका ८०,  सुभमन गिलको ७६ र क्रिस लिनको ५४ रन महत्पूर्ण रह्यो । यस्तै कप्तान दिनेश कार्तिक १५ रनमा अविजित रहे । 
मुम्बईका राहुल चाहर र हार्दिक पान्ड्याले समान १ विकेट लिए । यो जितसँगै कोलकता १२ खेलमा ५ मा जित र ७ मा हारका साथ अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । (एजेन्सी)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार