भीमसेन पौडेल
१४ मंसिर, हेटौडा । हेटौडा–२९ बस्तीपुरमा रहेको जनहित सामुदायिक वन उपभोक्ता समूहले मंगलवार सार्वजनिक सुनुवाई तथा जनलेखापरीक्षण कार्यक्रमको आयोजना गरेको छ । गत आव ०७२/०७३ मा सम्पन्न गरेका कामहरु र चालु आव ०७३/०७४ मा गरिने सामुदायिक वन सम्वन्धि क्रियाकलापहरको बारेमा जानकारी दिन सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा समूहका कोषाध्यक्ष अमृत पाठकले गत आव ०७२/०७३ को लेखापरीक्षण प्रतिवेदन र चालु आव ०७३/०७४ को लागि करीव २८ लाखको अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो । समूहले गत आवमा करीव ८१ लाखको कारोवार गरेको थियो । यस आवमा वन व्यवस्थापन, वृक्षारोपण, तारवार, कार्ययोजना नवीकरण, आयआर्जन, अतिक्रमण नियन्त्रण, संस्थागत विकास, सामाजिक विकास निर्माण लगायतका कामहरु गरिने समूहकी सचिव ओममाया बत्तौलाले जानकारी दिए ।
कार्यक्रममा उपभोक्ताहरुले वनको व्यवस्थापन, चोरीनिकास नियन्त्रण, वनपैदावार वितरण प्रणाली, आयआर्जन, वनको रेखदेख लगायतका विषयहरुमा कार्यसमितिले विशेष ध्यान दिनु पर्नेमा जोड दिएका थिए । समूहका अध्यक्ष मनहरी वर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुरका महासचिव शम्भुप्रसाद न्यौपाने, समूहका पूर्व अध्यक्ष अक्कलबहादुर जिम्मा, सल्लाहकार हरीप्रसाद पण्डित, हरीवंश भेटवाल, संचारकर्मी भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । ४ सय २ हेक्टर क्षेत्रफल रहेको यो समूहमा करीव ७ सय उपभोक्ता रहेका छन ।
कार्यक्रममा वन कार्यालयका प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी, उपभोक्ता र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)