Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

महोत्सवमा १५ करोडको कारोबार

Mahotsab-1478758514-1480513453.jpg

१५ मंसिर, हेटौंडा । राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार महोत्सव–२०७३ बुधबारबाट सम्पन्न भएको छ ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा भएको महोत्सवमा १५ करोड रुपियाँ बराबरको कारोबार तथा तीनलाख जनाले अवलोकन गरेको बताइएको छ । ‘मकवानपुरको खेलक्षेत्र र पत्रकारिताको विकास गर्नका लागि आयोजना गरिएको मेला आगामी वर्ष मंसिरमा पनि गर्ने प्रतिबद्धता जनाउँन चाहान्छौं । हामीले गतवर्षबाट सुरु भएको अन्तर्राष्ट्रिय फुटबल गोल्डकपलाई निरन्तरता दिन आयोजना गरेको मेला सफल भएको अनुमान गरेका छौं’, आयोजक प्रतिष्ठान अध्यक्ष भेष खड्गीले भने ।

मेलामा विशेष गरी अटो, कपडा, भाँडाकुँडा तथा दैनिक प्रयोगमा आउने सामानहरु खरिद गर्नेको संख्या बढी रहेको बताइएको छ । राष्ट्रिय व्यापार महोत्सवसहित पाँचवटा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना गरिएको यो पहिलो पटक हो ।

महोत्सवको समापन समारोहमा प्रमुख जिल्ल अधिकारी नारायणप्रसाद दुवाडीले आयव्ययको विवरण पारदर्शीढंगबाट सार्वजनिक गरेर सबैलाई मेलाप्रति अपनत्व महसुस हुने वातावरण तयार पार्न आग्रह गरे । उनले अन्तर्राष्ट्रिय फुटबल गोल्डकपको तयारी जुट्न पनि आग्रह गरे ।

महोत्सवभर विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुुतीमा दैनिक रहेको थियो । आयोजकले मेलामा रातिको समयमा पनि मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालनका लागि तयार पारेको आकर्षक स्टेजका लाइटको कारण साँझको समयमा पनि दैनिकजसो सांगीतिक कार्यक्रम भएको थियो ।

महोत्सवमा राखिएका अधिकांश स्टलहरुमा विशेष छुट तथा आकर्षक थिए । मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड सांगीतिक प्रस्तुतिले सबैको मन जितेको थियो । बाल उद्यानअन्तर्गत् चाँदतारा र टोराटोरा यस महोत्सवको लागि नयाँ खेलको रुपमा सबैले रुचाएका थिए । नेको इन्स्योरेन्स पावर्ड बाईको रुपमा रहेको महोत्सवमा फुल कन्ट्याक्ट कराँते, भलिबल कुस्ती, म्याराथन र तेक्वान्दो खेलको राष्ट्रियस्तरको प्रतियोगिता महोत्सवभर सञ्चालन भएको थियो ।

महोत्सवको विशेष आकर्षणको रुपमा कुस्ती प्रतियोगिता रहेको थियो । मेला समापन समारोहमा आयोजक प्रतिष्ठान उपाध्यक्षद्वय सविन भट्टाचार्य, विशला घोष, मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमिल्सना, सल्लाहकार तथा शिक्षासेवी पुरणबहादुर जोशीलगायतले मन्तव्य व्यक्त गरेका थिए । वैशाख १२ गतेको विनाशकारी भूकम्पमा निधन भएका हेटौंडेली खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा प्रतिष्ठान गठन भएको हो । उक्त प्रतिष्ठानले गतवर्षको मकवानपुरको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल गोल्डकप आयोजना गरेको थियो । मेला समापनको दिनमा नेपालकी चर्चित पप गायिका तथा नेपाली ‘शाकिरा’ इन्दिरा जोशीले आफ्नो सांगीतिक कोसेली प्रस्तुत गरेकी थिइन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार