२५ वैशाख, हेटौँडा । मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को फाईनलमा प्रवेश गरेको छ । मंगलबाराति भएको पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराउँदै मुम्बई फाइनलमा पुगेको हो ।
चेन्नईस्थित एमए चिदम्बरम मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै १३१ रन मात्रै बनाएको थियो ।
मुम्बईले १ सय ३२ रनको सामान्य लक्ष्य १८.३ ओभरमा ४ विकेटको क्षतिमा पुरा ग¥यो । मुम्बईको जितका लागी सुर्यकुमार यादवले ७१ रनमा अविजित रहे । मुम्बईले पहिलो ओभरको दोस्रो बलमै कप्तान रोहित शर्मालाई ४ रनमा गुमाएको थियो ।
तेस्रो विकेटका लागि सुर्य कुमार यादव र इशान किशनले ८० रनको उत्कृष्ट साझेदारी गरेपछि मुम्बईको जित पक्का बनेको थियो ।
मुम्बइको जितका लागी इशान किशनले २८, हार्दिक पान्ड्या १३ रन बनाए । चेन्नईका लागि इमरान ताहिरले २, दिपक चाहर र हरभजन सिंहले समान १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको चेन्नइका लागी अम्बाती रायुडुले अविजित ४२ रन, कप्तान महेन्द्रसिंह धोनीले अविजित ३७ रन बनाए भने मुरली विजयले २६ रन जोडेका थिए ।
अव बुधबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच एलिमिनेटर खेल हुने छ । विजेताले चेन्नईसँग दोस्रो क्वालिफायर खेल्ने छ ।
दोश्रो क्वालिफायरको विजेता टोलीले उपाधिको लागि मुम्बई इन्डीयन्ससँग आइतबार भिड्ने छ । (एजेन्सी)
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















