१९ मंसिर, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५० औं बार्षिक साधारण सभालाई साप्ताहिक रुपले मनाउने निर्णय गरेको छ ।
आगामी माघ ८ गते सम्पन्न गर्ने ५०औं बार्षिक साधारण सभालाई संघले स्वर्ण महोत्सवको रुपमा भव्यताका साथ सम्पन्न गर्नकालागि संघका पूर्वअध्यक्ष उत्तम शर्मा ढकालको संयोजकत्वमा मूल समारोह समिति गठन समेत गरेको छ ।
संघको कार्यालयमा अाईतबार बसेको बैठकबाट स्वर्ण महोत्सवको अवसरमा विभिन्न उपसमितिले जिल्लाको आर्थिक, स्वास्थ्य, पर्यटन, खेलकुद, शिक्षा, महिला उद्यमी गतिविधिलगायतका विषयमा विभिन्न कार्यक्रम गर्ने अध्यक्ष राजकुमार न्यौपानेले बताए ।
बैठकले संघले ५० बर्षको अवधिमा गरेका मुख्य क्रियाकलापलाई समेटेर वृत्तचित्र निर्माण गर्ने, सदस्यहरुको परिचयको स्मरणात्मक पुस्तक प्रकाशन गर्ने, जिल्लाको चारै नाकामा पर्यटन सम्बन्धी होर्डिङ्ग बोर्ड निर्माण, प्रतिक्षालय निर्माण, रक्तदान, फलफूल वितरण लगायत साप्ताहिक कार्यक्रम गरिने संयोजक ढकालले जानकारी दिए ।
स्वर्ण महोत्सव समारोह कार्यक्रमका लागि संघका कार्य समिति सदस्यबाटै उपसमिति निर्माण गरिने महासचिव महेन्द्र राउतले जानकारी दिए । बैठकले संघलाई यो अवस्थासम्म ल्याई पुर्याउन अग्रजहरुको मुख्य भूमिका रहेकोले स्वर्ण महोत्सवमा उनीहरुको सम्मान गरिने समेत जनाईएकोछ ।
मकवानपुर उद्योग वाणिज्य संघ स्थानीय व्यावसायीहरुको पहलमा वि.सं. २०२३ सालमा हेटौडा व्यापार संघबाट शुरु भएको थियो ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















