Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

मनहरीमा युवा सक्रियताको प्रशंसा

4-1480929051.jpg

२० मंसिर, हेटौंडा । स्वयम्सेवक दिवसको अबसरमा मनहरी स्वयम् सेवक समूहले सोमबार मनहरीमा  चियापान कार्यक्रमको आयोजना गरेको छ । चियापान कार्यक्रममा समूहले २ महिने अबधिमा हासिल गरेको उपलव्धी र युवाको सक्रियताको प्रशंसा, सफलताको विवरण सुनाएपछि मनहरीका राजनीतिक पार्टी, संघसंस्था, व्यापारी, बुद्धिजीवि लगायतले समूहको कामको प्रशंसा गरे ।

समूहले २ महिने अभियान अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र मनहरीको विद्युत बक्यौता ४ लाख ७७ हजार रुपियाँ दुई किस्ता गरी तिरेको थियो । कार्यक्रममा बोल्दै समाजसेवी एकराज उप्रेतीले यो काम राष्ट्रिय रुपमै उदाहरणीय भएको भन्दै प्रशंसा गरे । उनले चाह्यो भने स्थानीय स्रोत र साधन प्रयोग गरेर थुप्रै काम गर्न सकिने उदाहरण युवाहरुले प्रस्तुत गरेको बताए । 
कार्यक्रममा बोल्दै स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर फिरोज राइनले युवाहरुले गरेको कामको तारिफ गर्दै यस्तै काम अन्यत्र कहीँकतै आफूले नदेखेको बताए । भौतिक र सेवा सुधारका लागि अझै युवाहरुको जरुरत रहेको भन्दै उनीहरुले एक अर्कामा हातेमालो गरेर गरिने कामले सदैब सफलता पाउने बताए ।

स्वास्थ्य केन्द्रका अध्यक्ष तथा गाविसका सचिव मीनराज कोइरालाले पनि कामको प्रशंसा गर्दै राजनीतिबाट पर भएर काम गर्न सकेमा सफलता पाउने उदाहरण प्रस्तुत गरे । कार्यक्रममा समाजसेवीहरु हरिचन्द्र शाही, गौतम लामा, पूर्व अध्यक्ष विष्णुराम कालाखेती, नारायण सुवेदी, लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

सोही अबसरमा विभिन्न व्यक्तिहरु, संघसंस्थाले समूहको काममा एक्यबद्धता जनाउँदै १ लाख ३ हजार ३ सय १६ रुपियाँ सहयोग गरेका छन् ।सहयोग गर्नेहरुमा मनहरी लोकल ढुवानी व्यवसायी संघ, नारायण उप्रेती, होमराज पुलामी, वेदमणि सेढाई, राजु राउत, शालिकराम बानियाँ, नवराज अर्याल, बिमला घलान, हरिचन्द्र शाही लगायत रहेका छन् ।

५ हजारभन्दा बढी रकम सहयोग गर्नेहरुको नाम सिलालेखमा राखिने समूहले जनाएको छ । कार्यक्रम समूहका अध्यक्ष ठाकुरराम तितुङको अध्यक्षतामा भएको थियो । सो अबसरमा समूहले कोरिया, जापानमा रहेका युवाहरुले अभियानमा साथ दिएकोप्रति हार्दिक आभार व्यक्त गरेको थियो ।
सञ्चारकर्मीसहित सातजना सम्मानित
स्वयम्सेवक दिवसको अबसर पारेर मकवानपुरको मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रले सञ्चारकर्मीसहित मनहरीका ७ जना युवालाई सम्मान गरेको छ ।

मनहरीमा सोमबार आयोजित कार्यक्रममा सञ्चारकर्मी शिवकुमार काशीसहित ७ जनालाई सम्मान गरेको हो । प्रशंसापत्रसहित सम्मानित हुनेहरुमा मनहरी स्वयम्सेवक समूहका संयोजक ठाकुरराम तितुङ, नवीन सुवेदी, मीरा मल्ल, शिवशंकर स्याङ्तान, नुरोज पौडेल र सगुन स्यांतान रहेका छन् ।

मनहरी स्वयम्सेवक समूह गठन गरी उनीहरूले प्राथमिक स्वास्थ्य केन्द्रको विद्युत बक्यौता तिर्ने अभियान चलाएका थिए । आइतबार मात्रै २ लाख ७७ हजार रुपियाँ बक्यौता तिरेर उनीहरुले स्वास्थ्य केन्द्रलाई ऋणमुक्त बनाएका थिए । ४ लाख ७७ हजार विद्युत बक्यौता तिर्नका लागि समूहले २ महिना अभियान चलाएर प्रतिब्यक्ति न्यूनतम ५ हजार रुपियाँ संकलन गरेका थिए ।

स्वदेशमा रहेका तथा कोरिया, जापान, साउदी लगायतका देशमा रहेका युवाहरुलाई समेटेर चालिएको अभियानपछि विद्युतको बक्यौता शुन्यमा झारिएको अबसरमा स्वास्थ्य केन्द्रले कार्यक्रम आयोजना गरी युवाहरुलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा स्वास्थ्य केन्द्र सहयोग तथा विकास समितिका अध्यक्ष मीनराज कोइराला, पूर्व अध्यक्ष एकराज उप्रेती, डाक्टर फिरोज राइन लगायत अतिथिहरुले युवाहरुको कामको प्रशंसा गरेका थिए । 

कार्यक्रममा मनहरीका विभिन्न वडाहरुमा सक्रिय ढंगले काम गर्ने तीन जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम गाविस सचिव तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष मीनराज कोइरालाको अध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg