Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकप क्रिकेटः  इंग्ल्याण्डको विजयी सुरुवात

england-win-1559265583.jpg

१७ जेष्ठ, हेटौँडा । विहिबारबाट सुरु भएको आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगितामा इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ । 
प्रतियोगिताको पहिलो खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई एक सय चार रनले हरायो । लण्डनस्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन ३११ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिका ३९ ओभर ५ बलमा २०७ रनमा अलआउट भएपछि इंग्ल्याण्ड पहिलो खेलमा विजयी भयो । 
कमजोर सुरुवात गरे पनि इंग्ल्याण्डको पारीलाई जेसोन रोय र जोय रुटले बचाए । एक रनमा पहिलो विकेट गुमाएको उसका लागि रोय र रुटले दोस्रो विकेटका रुपमा १०६ रनको साझेदारी गरे ।
इंग्ल्याण्डका लागिा रोयले ५४, जोय रुटले ५१, र ओयन मोर्गनले ५७ रन बनाए । यस्तै विहिबारको खेलमा उत्कृष्ट प्रदेर्शन गरेका बेन स्टोक्सले ८९ रन बनाए भने जोस बट्लरले १८र  क्रिस वोक्सले १३ रन बनाए ।
बलिङतर्फ दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडीले ३ विकेट लिए भने इमरान ताहिर र रबाडाले २ ÷ २ विकेट लिए । 
यस्तै दक्षिण अफ्रिकाका लागि क्विण्टन डी ककले ६८ तथा भान देर डुसेनले ५० रन बनाए । अन्य खेलाडीहरुले राम्रो प्रदर्शन गर्न नसकेपछि दक्षिण अफ्रिका पराजित भयो ।
बलिङतर्फ इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले तीन तथा बेन स्टोकले दुई विकेट लिए । (एजेन्सी)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार