१९ जेष्ठ, हेटौँडा । काठमाडौँमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुर मैदानमा आइतबार भएको खेलमा प्रदेश २ लाई १५६ रनले पराजित गर्दै पुलिस सेमिफाइलनमा पुग्न सफल भएको हो ।
पुलिसले दिएको २५४ रनको लक्ष्य पछ्याएको प्रदेश दुई २९ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमा अल आउट भयो । प्रदेश २ लाई सस्तैमा अल आउट गराउन दीपेन्द्रसिंंह ऐरीले सर्वाधिक ५ विकेट लिए ।
यसैगरी अर्का बलर ललितनारायण राजबंशीले तीन विकेट हात पारे भने कुशल भुर्तेल र सागर ढकालले पनि समान एक÷एक विकेट लिए ।
प्रदेश २ का लागि हरिशंकर साहले २९ रन जोड्दा कप्तान मेहबुब आलमले २१ रनको पारी खेले । यस्तै रवि साहले १५ रन बनाउँदा सुरज पटेलले १२ रनको योगदान गरे ।
टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा नौ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । बलियो सुरुवात गरेको पुलिसले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेको थियो ।
पुलिसका लागि सुनिल धमलाले ४३ तथा अनिल शाले ३७ रन बनाए । यस्तै अमित श्रेष्ठले ५०, दिपेन्द्र ऐरीले १८ तथा पवन सराफले १३ रनको योगदान गरे । त्यस्तै आरिफ शेखले ३२ तथा कुशल भुर्तेलले ३५ रन योगदान गरे ।
बलिङमा संसद शेखले चार तथा रासिद खानले दुई विकेट हात पारे । जवाफमा २९ ओभरमा ९७ रनमा अलआउट भएको प्रदेश २ ले आठ रनमा पहिलो र ४९ रनमा दोस्रो विकेट खेर फालेको थियो ।
उसका मध्यक्रमका खेलाडीले राम्रो खेल्न नसक्दा १५६ रनको अन्तरले पराजित भयो । समुह ’बी’ बाट नेपाल पुलिस विजेता र आर्मी उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका छन् ।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













