Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकप क्रिकेटः पहिलो खेलमा बंगलादेश विजयी

bangladesh-shakib-rahim-1559525716.jpg

२० जेष्ठ, हेटौँडा । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले विजयी सुरुवात गरेको छ । विश्वकपको पहिलो खेलमा नै जित निकाल्ने क्रममा बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रनले हरायो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३० रन बनाएको थियो । उसका लागि शकिब अल हसन र मुस्फिकर रहिमले उत्कृष्ट प्रदर्शन गरे । तेस्रो विकेटका लागि हसन र रहिमले १ सय ४२ रनको साझेदारी गरेपछि बंगलादेश राम्रो स्थितिमा पुगेको थिढयो । 
बंगलादेशको लागी हसनले ७५ रन बनाए भने रहिमले ७८ रनको योगदान दिए । यस्तै महमुदुल्लाहले ४६ रन, शौम्य सरकारले ४२ रन बनाए भने मोसादेक हुसेनले आक्रामक रुपमा २६ रन बनाए ।
बलिङतर्फ एन्डिल फेलुकवायो, क्रिश मोरिस र इम्रान ताहिरले दुई दुई विकेट लिए ।
जवाफमा दक्षिण अफ्रिकाले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २१ रन मात्रै बनाउँन सक्यो ।  दक्षिण अफ्रिकाका लागी कप्तान फाफ डुप्लिसिसले ६२ रन बनाउदा डेविड मिलरले ३८ तथा हि भान डेर डुसेनले ४१ रन बनाए । यस्तै क्विन डी ककले २३,  एडीम मक्रमले ४५ र जेपी डुमिनीले ४५ रन बनाए । 
बलिङमा बंगलादेशका मुस्ताफिजुर रहमानले तीन तथा मोहम्मद सेफुदीनले दुई विकेट लिए । यसअघि दक्षिण अफ्रिका पहिलो खेलमा इंग्ल्याण्डसँग पराजित भएको थियो । (एजेन्सी)
 

1559522416ब-1559525716.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार