२२ जेष्ठ, हेटौँडा । विभागीय टिम त्रिभुवन आर्मी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको सेमिफाइनलमा प्रदेश ३ लाई ११७ रनको भारी अन्तरले हराउँदै आर्मीले फाइनलमा स्थान बनाएको हो । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय नौ रन बनायो ।
आर्मीका लागी विनोद भण्डारीले ७५, राजु रिजालले ५१, रोहितकुमार पौडेलले ४३ रन बनाए भने हरि चौहानले ३८, राजेश पुलामीले २९, कुशल मल्लले २६ तथा करण केसीले २१ रन बनाए ।
बलिङतर्फ प्रदेश नम्बरमा ३ का लागि नन्दन यादव र जितेन्द्रसिंह ठकुरीले समान दुई÷दुई विकेट लिए ।
३ सय १० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको प्रदेश तीन ५० ओभरमा नौ विकेट गुमाउँदै एक सय ९२ रनमा सीमित भयो ।
सुरुवात राम्रो गर्न नसकेको प्रदेश ३ ले १३ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ४८ रनमा तीन विकेट खेर फालेको प्रदेश ३ का लागि कुनै पनि खेलाडीबीच राम्रो प्रदर्शन गर्न सकेनन् ।
प्रदेश ३ का लागि इसान पाण्डेले अविजीत ७९ रन बनाउँदा कप्तान पारस खड्का १९, ज्ञानेन्द्र मल्ल २६ तथा आदिल खानले १५ रनको योगदान दिए ।
अन्तिममा इसान र नन्दन यादवले नवौं विकेटका लागि अर्धशतकीय साझेदारी गरे पनि टिमको हार टार्न सकेनन् ।
बलिङमा आर्मीका साहव आलमले तीन विकेट हात लिए । अब उपाधिका लागि आर्मीले एपीएफ र नेपाल पुलिसबीचको विजेतासँग खेल्नेछ ।
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















