Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानी वनको २० औं साधारणसभा सम्पन्न

Rani3-1481373186.jpg

२५ मंसिर, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २० औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा लेखा समिति संयोजक गोमा लामिछानेले आव २०७२/०७३ को लेखा परिक्षण प्रतिवेदन, सचिव नानीमैया रुम्बाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बसन्तप्रसाद अधिकारीले चालु आव ०७३/७४ को लागि करिव २५ लाखको अनुमानित बजेट प्रस्तुत गरेका थिए ।

मकवानपुर क्षेत्र नम्बर ३ का सांसद अनन्तप्रसाद पौडेलको प्रमुख आतिथ्यता एवं समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा सभा भएको थियो । सभामा जिल्ला वन कार्यालयका सहायक वन अधिकृत विशाल भट्टराई, हेटौँडा इलाका वन कार्यालयकी सहायक वन अधिकृत राधिका शर्मा, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका सचिवालय सदस्य रामहरी चौलागाई, वन सम्पदा उपभोक्ता राष्ट्रिय महासंघ मकवानपुरकी सचिव गोरीमाया लामा, वन विज्ञान अध्ययन संस्थाका उपप्राध्यापक कृष्णप्रसाद दाहाल, जनकल्याण वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल, नौलो विहानी कृषि सहकारी संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद चौलागाई, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष ज्ञानबहादुर क्षेत्री, अशोक सामुदायिक वनका अध्यक्ष बलराम अधिकारी, सुन्दर सामुदायिक वनका उपाध्यक्ष सकुन्तला थापा, समूहका सल्लाहकार साधुराम चौलागाई, कृष्णबहादुर विडारी, उपाध्यक्ष डोरबहादुर अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सभाले आगामी चैत महिनाभित्र नयाँ कार्यसमितिको निर्वाचन गराउन रमेशप्रसाद लामिछानेको संयोजक, अर्जुनप्रसाद चौलागाई र राजकुमार चौलागाई सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार