२६ मंसिर, हेटौँडा । हेटौँडामा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको नेतृत्वमा ‘महजात्रा’ हुने भएको छ । मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ मह जात्रा हुन लागेको हो ।
कार्यक्रममा नेपालका चर्चित हास्यकलाकार र गायक गायिकाहरुले प्रस्तुति दिने भएका छन् । पुस ९ गते भूटनदेवी स्कूल प्राङ्गणमा किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, माण्डवी त्रिपाठी लगायतका कलाकार आउने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महजात्रा आयोजक समितिका संयोजक पुरनबहादुर जोशीले सामाजिक भावनाका साथ कार्यक्रम गरिएको बताउँदै कार्यक्रमबाट जुटेको रकमले मानवसेवा आश्रमको निर्माणाधिन भवन पूर्णताका लागि टेवा पुग्ने बताए ।
उनले अशक्त, अनाथ, मानसिक सन्तुलन गुमाएर वेवारिसे अवस्थामा सडकपेटी, मठमन्दिर, पाटीपौवा तथा सार्वजनिक स्थलमा कष्टकर जीवनयापन गरिरहेकाहरुलाई आश्रय दिईरहेको मानव सेवा आश्रमलाई व्यवस्थित गर्न योगदान गर्ने अवसरको रुपमा महजात्रालाई सदुपयोग गर्न सर्वसाधारणलाई आग्रह गरे । कार्यक्रममा मानव सेवा आश्रमका तर्फबाट रामजी अधिकारीले हेटौँडा–९ लामसुरे धापमा ५ करोडको लागतमा भवन निर्माण भईरहेको जानकारी दिए ।
उनका अनुसार ४० कोठे भवनको पहिलो तल्ला ढलान पुरा हुँदा एक करोड रुपैँयाभन्दा बढि खर्च भईसकेको छ भने दोस्रो तल्लाको काम शुरु भएको छ । भवनको पूर्णताका लागि महजोडीले समेत सेवा भावका साथ महजात्रामा सहयोग गरेको बताउँदै टिकट खरिद गरी यसमा योगदान गर्न सबैमा आग्रह गरे ।
आयोजकले ७ हजार ५ सय टिकट विक्रि गर्ने भएको छ । प्रस्तुति अवलोकनका लागि ५ सयदेखि २ हजार रुपैँयाको टिकट व्यवस्था गरेको जनाएको छ । कार्यक्रमबाट ५० लाख रुपैँया बचत गर्ने लक्ष्य रहेको संयोजक जोशीले बताए । पुस ९ गते हेटौँडामा कार्यक्रम सकेर पुस १० गते बीरगंजमा मानवसेवा आश्रम संचालनका लागि महजात्रा हुने जनाईएको छ । मानव सेवा आश्रमले मकवानपुर, चितवन, काठमाण्डौं, ललितपुर, गोरखा, लम्जुङ र पर्सामा गरी २ सय जनालाई आश्रय दिईरहेको छ ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















