Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकप क्रिकेटः अष्ट्रेलियाद्धारा पाकिस्तान पराजित

IMG_20190612_225427-1560389358.jpg

३० जेष्ठ, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औं आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत १७ औँ खेलमा साविक विश्व विजेता अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले हराएको छ ।
बुधबार राती सम्पन्न खेलमा पाकिस्तानलाई ४१ रनले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा ४ खेलमा तेस्रो जित निकालेको छ । 
३ सय ८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४५.४ ओभरमा अल आउट हुँदै २ सय ६६ रनमा समेटिए पछि अष्ट्रेलिया विजयी भयो ।
पाकिस्तानका लागि ओपनर इमाम उल हकले सर्वाधक ५३ रनको योगदान दिए । निकै खराब सुरुवात गरेको पाकिस्तानले दुई रनमा पहिलो विकेट गुमाएको थियो । उसका ओपनर फकर जमान खाता खोल्न नपाउँदै आउट भए ।
दोस्रो विकेटका लागि इमाम उल हक र बाबर आजमबीच अर्धशतकीय पारीको साझेदारी भएको थियो । जसमा अजाम ३० रनमा आउट भए । तेस्रो विकेटका लागि इमाम र मोहम्मद हफिजबीच पनि ८० रनको साझेदारी हुँदा पाकिस्तान सम्हालिन खोजेको थियो । तर इमाम ५३ रनमा आउट भएपछि पाकिस्तानले तेस्रो विकेट खेर फाल्यो ।
लगत्तै मोहम्मद हफिज ४६ रनमा आउट भएपछि पाकिस्तानको एक सय ४६ रनमा चौथो विकेट गयो । त्यसपछि सोयब मलिकले खाता खोल्न नसक्दा र आसिफ अली ५ रनमा आउट भएपछि पाकिस्तानले दुई सय रन बनाउदा सात विकेट गुमायो । उसका हसन ली ३२ रनमा पेभेलियन फर्किए ।
आठौं विकेटका लागि वाहेब रियाज र कप्तान सरफराज अलीले ६४ रनको साझेदारी गरेका थिए । तर रियाज ४५ रनमा आउट हुन पुगे । र त्यसपछि भने पाकिस्तानले एकपछि अर्को विकेट गुमाउन पुग्यो ।
बलिङमा अष्ट्रेलियाका प्याट कुमिन्सले तीन तथा मिचेल स्टार्क र रिचार्डसनले दुई दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा तीन सय सात रन बनायो । उत्कृष्ट सुरुवात गरेको अष्ट्रेलियाले पहिलो विकेटका लागि एक सय ४६ रनको साझेदारी गरेको थियो ।
जसमा उसका कप्तान आरोन फिन्चले ८२ रन बनाए । त्यसपछि स्टिभ स्मिथ मात्र १० रनमा आउट भएपछि अष्ट्रेलियाले एक सय ८९ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि क्रिजमा आएका ग्लेन म्याक्सवेल पनि ब्यक्तिगत २० रनमा आउट भए । मध्यक्रमका खेलाडी क्रिजमा टिक्न नसकेका बेला ओपनर डेविड वार्नरले शतकीय पारी खेले । उनले एक सय सात रन बनाए । 
बलिङ तर्फ पाकिस्तानका मोहम्मद आमीरले ५ विकेट लिन सफल भए भने साहिन साह अफ्रिदीले दुई विकेट हात पारे । 
यस अघि अफगानिस्तान र वेस्ट इन्डिजलाई पराजित गरेको अष्टे«लिया भारतसँग स्तब्ध भएको थियो । अष्टे«लियाले आफ्नो पाँचौ खेल आगमी शनिवार श्रीलंकासँग खेल्ने छ भने पाकिस्तानले आफ्नो पाँचौ खेल आगमी असार १ गते भारतसँग खेल्ने छ । (एजेन्सी)
 

pakistan_OPyzuE8lii-1560389359.jpg
Warner-1560389359.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार