३२ जेष्ठ, हेटौँडा । इंग्ल्यान्डमा जारी १२ औँ एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा शुक्रबारको खेलमा घरेलु टोली इंग्ल्यान्डले सानदार जित निकालेको छ ।
शुक्रबार राती सम्पन्न खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा इंग्ल्यान्डले तेस्रो जित निकालेको हो ।
ओपनर जो रुटले सानदार शतक प्रहार गरेपछि २ सय १३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३३.१ ओभरमा २ विकेट क्षतिमा लक्ष्य पुरा गरेको हो ।
इंग्ल्यान्डका लागि रुटले अविजित १ सय रनको शानदार पारी पारी खेले । यस्तै क्रिस वोक्सले ४०, जोनी बेयरस्टो ४५ रन बनाए भने बेन स्टोक्सले अविजित १० रनको योगदान दिए । वेस्ट इन्डिजका लागि शैनन गेब्रियलले २ विकेट लिए ।
यसअघि साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ४४.४ ओभरमा अल आउट हुँदै २ सय १२ रनमा समेटिएको थियो ।
उसका लागि मध्यक्रमका युवा खेलाडी निकोलस पुरनले सर्वाधिक ६३ रनको योगदान दिए । यस्तै क्रिस गेलले ३६, शिमरोन हिटमायरले ३९, आन्दे्र रसेल २१, कार्लोस बर्थवेट १४, र कप्तान जोसन होल्डरले जम्मा ९ रन बनाए ।
वेस्ट इन्डिजका ओशन थोमस, शिल्डन कर्टेल र शैनन ग्रब्रियलले खाता समेत खोल्न सकेनन् ।
इंग्ल्यान्डका लागि जोफ्रा आर्चर र मार्क उडलले समान ३ विकेट लिए भने जो रुटले २ तथा लियाम प्लन्केट र क्रिस वोक्सले समान १-१ विकेट लिए ।
यो जितसँगै घरेलु टोली इंग्ल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हारका साथ ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । इंग्ल्यान्डले पाँचौ खेल आगमी मंगलबार अफगानिस्तानसँग खेल्ने छ । (एजेन्सी)
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









