२९ मंसिर, हेटौंडा । नयाँ शक्ति पार्टी मकवानपुरले अबको ६ महिना घरघरमा नयाँ शक्ति अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको मंगलबार बसेको मकवानपुर जिल्ला कार्यकारी समितिको बैठकले पार्टीको केन्द्रीय तथा ३ नम्बर प्रदेशको परिपत्रअनुसार मकवानपुर जिल्लामा सञ्चालन गर्ने ६ महिने अभियानअन्तर्गतको कार्यक्रम तय गरेको हो ।
अभियान सफल बनाउन पार्टीका सहसंयोजक विवेक वाईबाको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला अभियान परिचालन समिति गठन गरिएको छ । अभियानलाई गाउँ, नगर तथा उपमहानगरपालिका स्तरमा सञ्चालन गर्नको लागि मकवानपुरका सबै गाउँपालिका र नगरमा उत्प्रेरकको जिम्मेवारीसमेत तोकिएको छ । बाग्मती गाउँपालिकामा शेर बहादुर पहरी, बकैया गाउँपालिकामा जीवनमान मोक्तान, मकवानपुरगढी गाउँपालिकामा पाल्साङबज्र लामा, हेटौंडा उपमहानगरपालिकमा राजकुमार वाईबालाई उत्प्रेरकको जिम्मेवारी तोकिएको छ । त्यस्तै भीमफेदी गाउँपालिका मा जिल्ला कार्यालयले उत्प्रेरकको जिम्मेवारी लिनेछ भने थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकामा ज्योती रायमाझीले उत्प्रेरकको भूमिका निर्वाह गर्ने पार्टीले जनाएको छ । कैलाश गाउँपालिकामा टंक हिमडुङ, मनहरी गाउँपालिकामा अम्बर लामा, राक्सिराङ गाउँपालिकामा बिवेक वाईबालाई उत्प्रेरकको जिम्मेवारी दिइएको जनाएको छ ।
अभियानअन्तर्गत संगठन निर्माण तथा सुदृढीकरण, सदस्यता वितरण, घरदैलो कार्यक्रम, जनसेवा, अधिवेशनहरु हुँदै महाधिवेशनसम्मको तयारी पूरा गर्ने गरी तीन चरणको कार्यक्रम घोषणा गरिएको कार्यालय सचिव राजेन्द्र सिम्खडाले जानकारी दिए । मंगलबारको बैठकले प्रचारप्रसार समितिको संयोजकमा केशब समर्पणलाई जिम्मेवारी दिइएको छ भने जिल्ला कार्यकारी सदस्य सुबोध रिमालको संयोजकत्वमा आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । जिल्ला कार्यकारी सदस्य राजन मैनालीको संयोजकत्वमा उत्पादन तथा रोजगार/स्वरोजगार समिति गठन गरिएको छ । त्यस्तै जिल्ला संयोजक प्रल्हाद लामिछानेको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ । जिल्ला कार्यकारी समिति सदस्य तुफान विक्रम क्षेत्रीको संयोजकत्वमा सांस्कृतिक टोली बनाई अभियानमा परिचालन गर्ने बताइएको छ ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसदको माग गर्दै देशब्यापी दश लाख हस्ताक्षर संकलन गर्ने योजना अनुरुप मकवानपुरबाट २० हजार हस्ताक्षर संकलन गरिने पनि पार्टीले जनाएको छ । ६ महिने अभियानको क्रममा देशमा बढिरहेको महंगी, भ्रष्टाचार तथा अनियमितताको विरुद्धमा जनप्रर्दशन, घेराउ, ज्ञापनपत्र बुझाउने र सभाहरु गरिने कार्यक्रम पनि तय भएको जिल्ला अभियान परिचालन समितिका संयोजक बिवेक वाइबाले जानकारी दिए ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)