Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

खुल्ला फुटसलको उपाधि विजय युथ क्लबलाई

IMG_20190706_190943-1562419898.jpg

२१ असार,हेटौंडा। हेटौंडा जेसिजको आयोजनामा जारी खुल्ला फुटसल प्रतियोगिताको उपाधि विजय यूथ क्लवले हात पारेको  छ ।

शनिबार हेटौंडा ४ कमलडाडाँमा रहेको फुटसल ग्राउण्ड भएको खेलमा  एफसी ईन्टरनेट सिटीलाई ६–० गोल अन्तरले हराउँदै उपाधि माथि कब्जा जमाएको हो। सेमीफाइनलमा विजय यूथले एफसी मल्टिभिजनलाई र ईन्टरनेट सिटीले हेटौंडा फुटबल एकेडेमीलाई हराउँदै फाइनल भिडन्त पक्का गरेका थिए । विजय यूथलाई उपाधि जिताउने क्रममा कप्तान सुदिप राजबाहकले ह्याट्रिक गर्दा अनिष श्रेष्ठ, अभय राना, अरुज सिंहले समान एक÷एक गोल गरेका थिए।

 प्रतियोगिताको विजेता बनेसँगै विजय युथले नगद ५० हजार रुपैयाँ ट्रफी,मेडल हात पारेको छ। उपविजेता बनेकोको ईन्टरनेटले २५ हजार रुपैयाँमै चित्त बुझाउन बाध्य बनेको हो।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजय यूथका गोलरक्षक अनिल श्रेष्ठ घोषित भए । उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । 

विजयी खेलाडीहरुलाई नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमेशचन्द्र भुषाल, उपाध्यक्षद्वय कृष्णप्रसाद अर्याल र गोकुल सापकोटा तथा आयोजक जेसीजका अध्यक्ष सन्देश डिसीले पुरस्कार वितरण गरेका हुन् । प्रतियोगितामा मकवानपुरका २० टिमको सहभागिता रहेको थियो ।  कार्यक्रम संयोजक विकेशलाल श्रेष्ठको संयोजकत्व एवम् अध्यक्ष सन्देश डिसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष कृष्णप्रसाद अर्याल, हेटौंडा जेसीज पूर्व अध्यक्ष गणेशकुमार श्रेष्ठ, बस्तीपुर जेसीजका अध्यक्ष सुनिल अधिकारी, गोरखा जेसीज अध्यक्ष राजिव अधिकारी, वीरगञ्ज जेसीज अध्यक्ष शेखर चौधरी, हेटौंडा जेसीजका उपाध्यक्ष संगीत श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार