२१ असार, हेटौंडा। शनिबार हेटौंडामा भएको अन्तर विद्यालय स्थलगत कविता लेखन प्रतियोगितामा जिएस निकेतनका यारिका कार्की सहित उत्कृष्ट ३ जना विद्यार्थीहरुलाई छानिएका छन्।
२०६ औँ भानु जयन्तीको अवसरमा नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयले आयोजना गरेको दोस्रो जिल्लाव्यापी अन्तर विद्यालय स्थलगत कविता लेखन प्रतियोगितामा जिएस निकेतनका यारिका कार्की, बालउज्ज्वल माविका सानुमाथा थिङ र भानु माविका सुशान्त दाहाल उत्कृष्ट भएका छन् ।
हेटौंडा उपमहानगरपालिकामा रहेका १८ वटा संस्थागत तथा सामूदायिक विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएको प्रतियोगितामा सहभागीहरुलाई ‘आमा’ शीर्षकमा कविता लेखन दिएको थियो । जसमध्ये उत्कृष्ट ३ जना विद्यार्थीहरुलाई छानिएको हुन ।
विद्यालयका नेपाली विषय सुपरिवेक्षक तथा कार्यक्रम संयोजक सिएम रिमालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारद्वय गिरिजा अधिकारी र यश लामाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । सफल भएका ३जनलाई नवोदय विद्यालयका शैक्षिक संयोजक अव्यक्त खनालले नगद ३ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरेका थिए ।
त्यसैगरी छवी अनित्यको संयोजनमा सामुदायिक विद्यालयका तीन विद्यालयका विद्यार्थी र संस्थागत विद्यालयका तीन विद्यालयका विद्यार्थीबीच बालसाहित्य सम्बन्धी छलफल गरिएको थियो । जसमा नवोदय विद्यालयका राधाकुमारी महतो, मकवानपुर बाल विद्या सदनका स्मीति गिरी, चन्द्रोदय माविका प्रतिमा पौडेल, जिएस निकेतनका निश्चल गौतम, आधुनिक राष्ट्रिय माविका राजकिरण शाह र बाल उज्जवल माविका आशिका जमरकट्टेल बीच छलफल भएको थियो । कार्यक्रममा झरना साहित्य परिवारका अध्यक्ष दीपक गौतम, आचल साहित्य कला पुञ्जका अध्यक्ष अप्सरा तिम्सीना, प्रगतिशील लेखक संगठन मकवानपुरका निवर्तमान अध्यक्ष पुरुषोत्तम आचार्यलगायतको आतिथ्यता रहेको थियो । विभिन्न विद्यालयका विद्यार्थीहरुले आफ्नो रचना समेत प्रस्तुत गरेका थिए ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















