२५ असार, हेटौँडा । भारतलाई हराउँदै न्यूजिल्यान्ड इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्यान्ड फाइनलमा पुगेको हो । २४० रनको चुनौती पछ्याउनेक्रममा बुधबार भारतले ४९ ओभर ३ बलमा ‘अलआउट’ हुँदै २२१ रनमात्र बनाउन सक्यो । सातौं विकेटका लागि रविन्द्र जडेजा र महेन्द्रसिंह धोनीबीच ११६ रनको साझेदारी गरेपनि हार टार्न सकेनन् ।
जडेजाले ५९ बलमा ७७ तथा धोनीले ‘रनआउट’ हुनुअघि ७२ बलमा ५० रन बनाए । त्यसअघि, भारतले ९२ रन जोड्दा ६ विकेट गुमाएको थियो । जारी विश्वकपमा पाँच शतक बनाएका रोहित शर्मा, कप्तान विराट कोहली र लोकेश राहुल समान १÷१ रनमा आउट भए । यस्तै भरतका लागी ऋषभ पन्त र हार्दिक पाण्डेयाले समान ३२ रन बनाए ।
न्यूजिल्यान्डका माट् हन्रीले ३ तथा ट्रेन्ट बोल्ट र मिचेल सान्तनरले समान २ विकेट लिए ।
यसअघि, न्यूजिल्यान्डले निर्धा्रित् ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएपछि भारतले मध्यम चुनौती पछ्याएको थियो । मंगलबार न्यूजिल्यान्डले ४६ ओभर १ बल खेल्दा ५ विकेटको क्षतिमा २११ रन बनाएपछि वर्षाले खेल हुन नसक्दा बुधबार बाँकी ओभरबाट न्यूजिल्यान्डले खेल्न थालेको थियो । न्यूजिल्यान्डका रोस टेलरले ७४ तथा कप्तान केन विलियमसनले ६७ रन बनाएका थिए । भारतका लागि भुवनेश्वर कुमारले ३ विकेट लिएका थिए ।
जितसँगै न्यूजिल्यान्ड लगातार दोस्रोपटक फाइनलमा पुगेको छ । अघिल्लो संस्करणमा न्यूजिल्यान्ड फाइनलमा अष्ट्रेलियासित पराजित भएको थियो । दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र आयोजक इंग्ल्यान्ड खेल्नेछन् । (एजेन्सी)
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













