२७ असार, हेटौँडा । साविक विजेता अस्ट्रेलियालाई हराउँदै आयोजक इङ्ल्याण्ड १२ औँ संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
विहिबारराति भएको दोश्रो सेमिफाइनाल खेलमा साविक विजेता अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इङ्ल्याण्डले फाइनलमा न्यूजिल्याण्डसँगको भेट पक्का गरको ।
अब इङ्ल्यान्डले उपाधिका लागि आइतबार न्यूजिल्याण्डसँग खेल्नेछन् । पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड फाइनलमा पुगेको थियो ।
इङ्ल्याण्ड र न्यूजिल्याण्ड फाइनल पुगेसँगै एकदिवसीय विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन राष्ट्र थपिने निश्चित भएको छ । इङ्ल्याण्ड र न्यूजिल्याण्डले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् ।
विहिबारकोे खेलमा अस्ट्रेलियाले दिएको २ सय २४ रनको सामान्य लक्ष्य इङ्ल्याण्डले ३२ ओभर १ बलमा २ विकेट गुमाएर पुरा गर्यो ।
घरेलु टोलीको जितमा जेसन रोयले सर्वाधिक ८५ रन जोड्दा जो रुटले अविजित ४९ रन तथा कप्तान इयान मोर्गनले अविजित ४५ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २ सय २३ रन बनाएको थियो । अस्ट्रेलियाका स्टिभ स्मिथले ८५ रन जोड्दा अलेक्स क्यारेले ४६ रन बनाए ।
इङ्ल्याण्डसँगको हारसँगै पाँच पटकको विश्वविजेता अस्ट्रेलिया सेमिफाइनलबाटै बाहिरिएको छ ।
यसअघि अस्ट्रेलियाले विश्वकपको सेमिफाइनलमा ७ पटक जित निकालेको थियो । इङ्ल्याण्ड भने सन् १९९२ पछि पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । (एजेन्सी)
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















