Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

भानु जयन्तीमा साहित्यकार निखिल सम्मानित

Bhaanu-1563118366.jpg

२९ असार, हेटौँडा । आदिकवि भानुभक्त्त आचार्यको जन्मजयन्तीमा साहित्यकार तथा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल सम्मानित भएका छन् । २०६ औं भानु जयन्तीको अवसरमा आइतबार मकवानपुरगढी गाउपालिका ३ मा रहेको भानु माविमा आयोजित कार्यक्रममा निखिललाई सम्मान गरिएको हो ।
कार्यक्रममा निखिललाई नेपाली भाषा साहित्यको क्षेत्रमा अनवरत रुपमा पुयाएको योगदानको कदर गर्दै भानु–बासुदेव साहित्य सम्मानसहित नगद १० हजार प्रदान गरिएको थियो । 
मातृभूमि साहित्य समाज र बासुदेव रिजाल स्मृति प्रतिष्ठानको आयोजना तथा भानु माविको सहयोगमा सहयोगमा भएको कार्यक्रममा भानु माविमा अध्ययनरत् विद्यार्थी बीच कविता प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा १० जना विद्यार्थीले भाग लिएका थिए । 
प्रतियोगीमध्ये उत्कृष्ट चार जनालाई नगदसहित पुरस्कृत गरिएको थियो । प्रतियोगिताको निर्णायकमा साहित्यकार डीबी बर्तौला र बगेकी गंगा रहेकी थिइन् । कार्यक्रम अघि विद्यालयमा रहेको भानुभक्तको प्रतिमामा माल्र्यापण गरिएको थियो ।
कार्यक्रममा स्रष्ठा सम्मान तथा कविता प्रतियोगिताको सहजीकरण गरेकी साहित्यकार अनिता न्यौपानेले विद्यालयलाई आफ्नो कविता संग्रह फूलको विद्रोह दुई प्रति हस्तान्तरण गरकी थिइन् । 
मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेलको अध्यक्षता तथा साहित्यकार देवराज खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सम्मानति साहित्यकार निखिलले आदीकवि भानुभक्त आचार्यको बारेमा बोलेका थिए । 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापा, पत्रकार ध्रुव अधिकारी, अभिभावक लक्ष्मण भट्टराई, साहित्यकार डीबी बर्तौलाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थीको सहभागिता रहेको थियो । 
भानु माविमा आदीकवि भानुभक्त आचार्यको प्रतिमा निर्माण भएपछि हरेक वर्षको असार २९ गते कार्यक्रमको आयोजना हुदै आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

थप समाचार